Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ३०, २०८२
☰
Logo सोमबार, चैत ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ३. ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ४. रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ५. लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ६. पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

  • ७. ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण

  • ८. सर्लाहीमा सशस्त्र प्रहरीको कडाइ : ६०० लिटर मदिरा नष्ट, भन्सार छलीका सामानसहित अटो नियन्त्रणमा

  • ९. चितवन निकुञ्जमा आर्मीले चलाएको गोली लागेर गैँडाको मृत्यु

  • १०. बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

मकरस्नान गर्न कालीगण्डकी किनारमा भक्तको घुइँचो

पर्वत, माघ १

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

उत्तरायण सुरु हुने आजको दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिने भएकाले बिहानदेखि कालीगण्डकीका विभिन्न स्थानमा भक्तजनको भीड लागेको हो । कालीगण्डकीअन्तर्गत पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी धाम, सेतीवेणी, पुर्तिघाट, जैमिनिघाट, नयाँपुललगायत स्थानमा बिहानदेखि भीड लागेको हो । मोदीवेणीमा बिहानदेखि भजनकीर्तन पनि सुरु भएको छ ।

बिहान कालीगण्डकीमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वासका साथ उनीहरु स्नान गर्न आएका हुन् । नजिकका भक्तजन बिहान कालीगण्डकीमा पुगेका छन्भने टाढाटाढाबाट आउनुपर्नेहरु भने आइतबार नै सदरमुकाम कुश्माबजार, फलेवास, शालिग्रामलगायत बजार क्षेत्रमा बसोबास गरी बिहान स्नान गर्न पुगेका हुन् ।

माघे सङ्क्रान्तिका दिन कालीगण्डकीमा स्नान गरेर घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन रहेको छ ।

यसैबीच, पर्वत, स्याङ्जा र गुल्मीका सङ्गमस्थलमा अवस्थित कालीगण्डकी नदीको तट सेतीवेणीमा आज विशेष मेला लागेको छ । तीन जिल्लाको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न र कालीगण्डकी स्नान गर्नका लागि स्वदेश तथा विदेशबाट भक्तजनको भीड लागेको स्थानीय तिलक पराजुलीले जानकारी दिनुभयो ।

कालीगण्डकी ‘ए’ जलविद्युत् निर्माणका क्रममा बनेको जलाशयमा सञ्चालित स्टिमरमार्फत शालिग्रामको दर्शन गर्न आउनेको सङ्ख्या उल्लेख्य रहेको उहाँले बताउनुभयो । अन्य चाडपर्वमा भन्दा माघे सङ्क्रान्तिमा यहाँ बढी भीड लाग्ने गर्दछ । उक्त स्थानमा माघे सङ्क्रान्तिमा एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन् ।

रुरुक्षेत्रमा भक्तको भीड

यसैगरी, मकर सङ्क्रान्तिका अवसरमा गुल्मीको धार्मिक एवं ऐतिहासिकस्थल रुरुक्षेत्रको कालीगण्डकीमा स्नान गर्नका लागि आज बिहानदेखि श्रद्धालु भक्तजनको घुइँचो बढेको छ । गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरु क्षेत्रमा अवस्थित कालीगण्डकी नदीमा स्नान गरी त्यस नजिकै रहेको भगवान् हृषिकेष मन्दिरमा पूजाआजा गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुने जनविश्वास रहिआएको छ ।

आजका दिन कालीगण्डकीमा स्नान गर्नाले आफूले अन्जानमा गरेका सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्ति हुन्छ भन्ने जनविश्वास छ । नेपालकै चारधाममध्येको एक धामका रुपमा प्रसिद्ध धार्मिकस्थलका रुपमा चिनिएको रुरुक्षेत्रमा स्नान गर्नका लागि नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

त्यस अवसरमा स्थानीय रुरु फ्रेन्ड्स क्लब र फ्रेन्ड्स क्लबको मुख्य आयोजनामा आजदेखि छ दिनसम्म रमाइलो मेला सञ्चालन गरिएको छ । कालीगण्डकी नदीमा सञ्चालन हुन लागेको रिडी मेलामा हातबाट बुनेका कम्मल, काम्ला, राडी–पाखीलगायत बाँस तथा चोयाबाट निर्मित सामग्रीका साथै ओखरका घाँजी, गुँड, सुन्तलालगायत वस्तुको राम्रो व्यापार हुने गर्दछ ।

मकर सङ्क्रान्तिमा रिडी क्षेत्रमा हजारौँ श्रद्धालु भक्तजन आउने भएका कारण रिडी मेलामा व्यापार गर्नका लागि गुल्मी, पाल्पा, अर्घाखाँचीलगायत स्याङ्जा, प्यूठान, बाग्लुङ्, रुकुम, रोल्पा, पर्वतलगायत ठाउँबाट समेत व्यापारी रिडी आउने गर्दछन् ।

मेलामा रुरुक्षेत्र गाउँपालिका र कृषि ज्ञान केन्द्रको आयोजनामा कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ । प्रदर्शनीमा घरेलु उत्पादनका सामग्रीलगायत कृषि उपजका वस्तु राखिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले राससलाई जानकारी दिनुभएको छ ।

मेला अवधिभर स्थानीय एवं राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति राखिएको छ । मेलालाई व्यवस्थित रुपमा सञ्चालनका लागि स्थानीय एक दर्जनभन्दा बढी सङ्घसंस्थाको पनि सहयोग रहेको मेला आयोजक संस्था रुरु फ्रेन्ड्स क्लबका अध्यक्ष सोबित थापाले जानकारी दिनुभएको छ । रासस

 

Chitwan Aaja चितवन आज
सोमबार, माघ ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत
आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

ताजा समाचार

सबै

रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो

नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण

“तटस्थ र निष्पक्ष भएर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता”

आशा भोसलेको निधन

कमला नदीमा डुबेर एक युवकको मृत्यु

विद्यार्थी संगठन खारेज गर्न खोजे सरकारकै जरो उखेलिन्छ : विप्लव

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ

भारत जान लागेको चर्चापछि प्रधानमन्त्री बालेनलाई हर्कको सुझाव : महाकालीमा सीमा अतिक्रमण बन्द गरियोस्

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

भरतपुरको अमृतचोकमा छाला, यौन तथा कुष्ठरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

आगलागी हुँदा एक घर जलेर नष्ट

गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु

ललितपुरको हेरिटेज गार्डेनमा १३ औं संस्करणको “नेपाल ट्याटु कन्भेसन”

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ बैठक सम्पन्न

  • ३.
    ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

  • ४.
    रवि विरुद्धको आरोपपत्र संशोधनमा जटिल कानुनी प्रश्न देखियो : सर्वोच्च अदालत

  • ५.
    लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

  • ६.
    पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.