भरतपुर, २६ पुस
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी क्याम्पस कमिटीले सप्तगण्डकी बहुमुखी क्याम्पस परिसरमा ब्यापक सरसफाई कार्यक्रम गरेको छ ।
क्याम्पस विदाको समयमा पनि अनेरास्ववियुले कमिटीका सदस्यहरूलाई परिचालन गरी सरसफाई कार्यक्रम गरेको हो । कार्यक्रममा क्याम्पस प्रमुख सहित अनेरास्ववियु चितवन जिल्ला सहसचिव प्रदिप पराजुलीको प्रमुख उपस्थिति रहेको थियो ।
यस विद्यार्थी संगठनले समयसमयमा विभिन्न रचनात्मक कार्यक्रमहरू गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार