तनहुँ, २५ पुस
पाल्पा जाँदै गरेको जीप तनहुँमा दुर्घटना भएको छ ।
पोखराबाट पाल्पा जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जीप भिमाद नगरपालिका-३ मा दुर्घटना भएको हो । जीप सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीपमा १२ जना सवार थिए ।
उनीहरूलाई अहिले उपचारका लागि अस्पतालमा लगिएको छ । घटनाबारे थप जानकारी आउन आउन बाँकी छ