चितवन, २१ पुस
नेपाल ट्रायाथलन संघको केन्द्रिय सदस्यमा चितवनबाट दिवाकर राज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । आज ललितपुरमा सम्पन्न निर्वाचनमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

निलेन्द्र राज श्रेष्ठको अध्यक्षतामा २३ सदस्यीय केन्द्रिय कार्य समिति गठन भएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ, विशेष अतिथि पुर्व खेलकुद मन्त्रि गणेशमान पुन र राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव यूवराज लामा लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी भरतपुर महानगरका संगठन विभाग प्रमुख समेत रहेका दिवाकर विभिन्न सामाजिक संघ-सस्थाहरुमा आवद्ध रहेका छन् । उनि सामाजिक कार्यमा पनि निक्कै सक्रिय पनि छन्।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







