भरतपुर । लियो क्लब अफ भरतपुर युथले शुक्रबार मोहनपुरस्थित श्री आधारभूत विद्यालयमा डस्विन वितरण गरेको छ । उक्त कार्यक्रममा क्लबले ५ वटा ४० लिटरको र ३ वटा १० लिटरको डस्विन वितरण गरेको हो ।
कार्यक्रममा लियो क्लब अफ भरतपुर युथका उपाध्यक्ष लियो हवन ढकालको सभापतित्व रहेको थियो भने कर्यक्रमका संयोजक भरतपुर युथकै क्लब संयोजक लियो संगम पोख्रेल रहेका थिए।
उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कुमार लौडारिले क्लब प्रति धन्यवाद प्रकट गर्दै यस्ता किसिमका सहयोगले नै विद्यालयको स्तरोन्नतिमा विकाश हुने बताए ।
क्लबका उपाध्यक्ष लियो हवन ढकालले पनि सेवा गर्ने अवसर प्रदान गर्नु भएकोमा विद्यालय परिवार प्रति अभार ब्यक्त गरेका थिए ।







