भरतपुर, २० पुस
भरतपुर महानगरपालिका वडा नं. ११ निवासी कृष्ण हरि पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय शिक्षा विभागको सदस्यमा मनोनित भएका छन् ।
पार्टीका केन्द्रीय महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले केन्द्रीय शिक्षा विभागको सदस्यमा मनोनयन गरेका हुन् ।
पौडेल लामो समयदेखि शिक्षा र सामाजिक क्षेत्रमा निक्कै कृयाशिल छन् ।








