पोखरा, १७ पुस
आगामी पौष २४ देखि २९ गतेसम्म पोखरामा लालपुर्जा महोत्सव हुने भएको छ । ‘सेवा सम्पुर्णताको समन्वय नै लालपुर्जा पोखरा’मा भन्ने नाराका साथ लालपुर्जा पोखरा प्रालिले शान्तिनगर चोकमा महोत्सव गर्न लागेको हो ।
महोत्सवमा घर-जग्गाको अवलोकनसंगै बीना कमिसन खरिद/विक्रीको सुविधा रहेको पोखरा लालपुर्जाका प्रमुख मनिष ढुङ्गानाले जानकारी दिए । उनका अनुसार पोखरा आसपासका विक्री तथा खरिदकर्तालाई एकै ठाँउमा प्राविधिकसहित राखेर परामर्श समेत दिइनेछ ।
महोत्सवमा ३५ लाखमा पोखरा–३३ मा ५ आना १ पैसा जग्गा उपलब्ध रहेको, ६५ लाखमा लेकसाइडमा ५.१ पैसाको जग्गा, तनहुँको जामुनेमा हाइवेबाट दुई मिनेटमाको दुरीमा २२ लाखमा घडेरी उपलब्ध रहेको र उक्त जग्गा खरिद गर्न सकिने बताइएको छ । साथै, पोखरामा अन्य आकर्षक घडेरीहरु समेत विक्रीमा रहेको छ ।
महोत्सवमा जग्गाको अवलोकन र कारोबार गर्न सकिने ढुङ्गानाले जानकारी दिए । उनले केही वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार यस महोत्सवमार्फत् चलायमान बनाउने उद्धेश्य राखेको बताए । प्रमुख ढुंगाना मेलामा आएपछि दलालबाट ठगिनुपर्ने बाध्यता नहुने र सीधै सम्बन्धित व्यक्तिहरुलाई भेट्न सकिने सुविधा रहेको उनले बताए । जग्गा खरिद विक्रीका लागि विभिन्न ठाउँमा भौँतारिनुपर्ने समस्या महोत्सवबाट समाधान हुने उनको भनाई छ ।