चितवन, पुस १७
भरतपुर महानगरपालिका–१२ सहयोगी टोलमा गएराति आगलागी भएको छ ।
स्थानीय प्रेमबहादुर गुरुङको भान्छा कोठामा खाना पकाएर ननिभाइकन छाडेको आगो सोमबार राति ११ः१५ बजेतिर कोठामा सल्किँदा करिब चार लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
आगोले भान्छा कोठाको छेउमा बाँधेको तीन बाख्रा मरेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । त्यस्तै, एउटा टिभी, एउटा पानी तान्ने मोटर र भान्छा कोठामा प्रयोग हुने विभिन्न भाँडाकुडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय र भरतपुर महानगपालिकाको २ वटा दमकलको सहयोगमा मंगलबार (आज) बिहान १२ः१० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार