Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, पुष ३०, २०८२
☰
Logo बुधबार, पुष ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ७. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ८. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • ९. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

  • १०. चितवन कोरिया पुनर्मिलन समाजको अध्यक्षमा दिल कुमार श्रेष्ठ (फोटोफिचर)

झोलुङ्गे पुलको भरमा देवघाट

डुम्रे १६ पुस : 
त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटधाम पवित्र तीर्थस्थलका रुपमा  प्रसिद्ध छ । देवघाटधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपमा महत्वपूर्ण मानिन्छ । यही महत्वपूर्ण धामबाट नै नामकरण गरिएको छ पालिकाको नाम देवघाट । ठूला नदीको बीच भागमा रहेका पालिका विकास निर्माणमा पछाडि परेको छ ।

यस देवघाट क्षेत्र झोलुङ्गे पुलको सङ्गम भन्न सकिने अवस्थामा छ । सङ्घीयता कार्यान्वयन  भए पनि यहाँको विकासमा भने खासै परिवर्तन हुन सकेको छैन । लामो समयदेखि देवघाट क्षेत्र झोलुङ्गे पुलको भरमा नै रहेको छ । तीन ठूला नदीले घेरिएको देवघाट गाउँपालिकाको क्षेत्र झोलुङ्गे पुलले जोडेको छ । देवघाटबाट सदरमुकाम दमौली कामकै लागि आउनुपर्ने भएमा बागमती प्रदेश पार गर्नुपर्छ । मोटरेवल पुल नहुँदा यहाँका स्थानीय बागमती प्रदेश पार गरी सदरमुकाम आउनुपर्ने अवस्था छ । केही सहज हुने स्थानका पालिकाबासी झोलुङ्गे पुलबाट मादीसेती नदी पार गरी सदरमुकाम पुग्ने गर्दछन् । पुलको अभावले सामग्री ढुवानीमा समेत सकस हुने गरेको स्थानीय बताउँछन् ।

देवघाटसँग जोडिनका लागि हालसम्म १७  झोलुङ्गे पुलले घेरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका झोलुङ्गे पुलकै भरमा चलेको छ । यसलाई मोटरेवल पुल बनाउनका लागि समन्वय गरिरहेका छौँ । तर अझैसम्म हुन सकेको छैन ।”

ग्रामीण क्षेत्रलाई सहज बनाउने उद्देश्यले पालिकाले समन्वय गरिरहेका अध्यक्ष थापाले बताउनुभयो । झोलुङ्गे पुलरहित बनाउन भने नसकिएको उहाँको भनाइ छ । केही स्थानमा मोटरेवल पुल निर्माण हुने भइसकेको अवस्थामा तनहुँ हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन रहेको तनहुँ जलविद्युत् आयोजनाले गर्दा ढिला भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देवघाट–३ र बन्दीपुर–६ स्थित मादीसेती नदीमाथि नाल्दीघाटमा मोटरेवल पुल निर्माण भइसक्थ्यो । तर तल्लो सेती जलविद्युत् आयोजना बन्ने भएपछि समय फेरिँदा झोलुङ्गे पुलबाट नै आवतजावत गर्नुपर्ने अवस्था छ ।”

देवघाट –२ र ३  वडासँग जोडिने आँबुखैरेनी, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा जोडिएको बुद्धसिं मार्गसँग जोड्ने मोटरेवल पुल निर्माण गर्न सकिएमा यस क्षेत्र झोलुङ्गे पुलरहित बन्ने उहाँले बताउनुभयो ।  गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले भन्नुभयो, “हालसम्म हाम्रै जिल्लातर्फ मोटरेवल पुल बन्न सकेको छैन । तर, पहल भने गरिरहेका छौँ । चितवनतर्फबाट आवतजावत हुने गरी भने तीन स्थानमा मोटरेवल पुल रहेका छन् ।” तनहुँतर्फ देवघाट–३ र बन्दीपुर गाउँपालिका–६ स्थित वाटरखोलामा मोटरेवल पुल निर्माणका लागि सरकारबाट स्वीकृत भएर आएको उहाँले बताउनुभयो ।

तनहुँको देवघाट–५ र चितवनको भरतपुर–२९ दासढुङ्गामा मोटरेवल पुल, देवघाट र नवलपुर जोडिने मोटरेवल पुल र चितवनतर्फकै ठिमुरामा मोटरेवल पुल निर्माण भएको छ । तर ठिमुराको मोटरेवल पुलले भने अझैसम्म पनि पूर्णरुपमा निर्माण भएको छैन । यहाँका ग्रामीण क्षेत्रलाई सहज रुपमा पालिकासम्म पुग्ने र फर्किने अवस्था बनाउन मोटरेवल पुल निर्माण गर्नुपर्ने स्थानीय नवराज गुरुङले बताउनुभयो । सुन्तला व्यवसायीसमेत रहनुभएका उहाँले भन्नुभयो, “पालिकामै पुगेर काम गर्नुपर्ने भएमा थोरैमा तीन दिन खर्चनुपर्ने अवस्था रहेको छ । यसको अन्त्यका लागि मोटरेवल पुल नै मुख्य रहेको छ ।” सरकारले गाउँ गाउँमा सिंहदरबारको आभास हुने गरी पुल निर्माण भइदिए यहाँका स्थानीयले राहत पाउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यहाँ उत्पादित वस्तु बजार लैजान पनि समस्या छ । आवश्यक खाद्यान्न बजारबाट ल्याउन पनि झोलुङ्गे पुल तारेर ल्याउनुपर्ने अवस्था रहेको छ । यसको अन्त्य होस् यही नै हाम्रो माग हो ।” यहाँको आयस्तर वृद्धिका लागि पनि ग्रामीण क्षेत्रसँग जोड्ने गरी मोटरेवल पुल निर्माण हुनुपर्ने गरी समन्वय गरिरहेका देवघाट–२ का वडाध्यक्ष मीनबहादुर राना मगरले बताउनुभयो ।

यस पालिकाको ग्रामीण क्षेत्रमा पुग्नका लागि झोलुङ्गे पुलबाहेक सवारीसाधन आवतजावत गर्न समस्या रहेको छ । पाँच स्थानमा मोटरेवल पुल निर्माण गर्न सकिएमा देवघाटबाट सहज रुपमा सदरमुकाम आवतजावत गर्न सकिनेछ । आठवटा ठूला नदीको मिश्रण हुँदै आएका र हिमालबाट आएको कालीगण्डकी नदीमा विश्वमा प्रसिद्ध मानिने शालिग्राम भेटिने भएकाले यस क्षेत्रमा माघेसङ्क्रान्तिमा देवताहरुको ठूलो बैठक बस्ने स्थानलाई देवघाटधाम भनिएको किंवदन्ती छ ।

Chitwan Aaja चितवन आज
सोमबार, पुष १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कांग्रेसबाट निकालिएपछि गगनले के भने ?
मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न
गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

ताजा समाचार

सबै

कांग्रेसबाट निकालिएपछि गगनले के भने ?

मानुङकोट लिफ्ट खानेपानी आयोजना ८० प्रतिशत सम्पन्न

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

देवघाटमा बाँसको लिङ्गोे ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

सिन्धुलीमा स्रोत नखुलेको अमेरिकी डलरसहित पक्राउ

सुनचाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम

मुद्दा फिर्ता गरिदिन माग गर्दै महान्यायाधिवक्ता कार्यालयमा लामिछानेको निवेदन

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते

ललितपुर–३ बाटै उठ्ने तयारीमा डा. तोसिमा कार्की

नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

आजको मौसम पूर्वानुमानः मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल लाग्ने

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.