भरतपुर, १५ पुस
चितवनको कालिका नगरपालिकामा सरकारविरुद्द बिरोध प्रदर्शन भएको छ । स्थानीय युवाहरुको सहभागितामा आज बिहान भद्दा चौरमा बिरोध प्रदर्शन गरिएको हो ।
उक्त बिरोध प्रदर्शनमा जवाफ दे सरकार, युवालाई रोजगार खै? १७०००+२ लगायतका नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीले गोलि चलाएको थियो ।
उक्त आन्दोलनमा दैलेख घर भएका २३ बर्षिय सुजन रावत र डोटी घर भएका २१ बर्षिय विरेन्द्र शाहको मृत्यु भएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी समेत गरेका थिए।