भरतपुर, १२ पुस
चितवनमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–८, जयगुडीका ६२ वर्षीय श्रीमान गुरुङ रहेका छन्।
बिहीबार बिहान भरतपुर महानगरपालिका–२९, भतेरी जंगलमा लु८४ नम्बरको मोटरसाइकलले पैदलयात्री गुरुङलाई ठक्कर दिएको थियो । उपचारका निम्ति भरतपुरस्थित एलाइभ अस्पतालमा लगिएको थियो ।
अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।