चितवन, पुस ११-
चितवनमा रहेको हिमाल डेन्टलमा १ हजार १ सय जनाले दाँतको परीक्षण तथा उपचार गराएका छन् ।
हिमाल डेन्टलले चितवनमा पुस १ गतेबाट सञ्चालन गरेको शिविरमा सो संख्यामा विभिन्न उमेर समूहका मानिसहरुले दाँतको परीक्षण गराएका हुन् ।
शिविरमा आएका दाँतमा समस्या भएका नागरिकहरुको ३० प्रतिशत छुटमा उपचार भइरहेको डेण्टलका सञ्चालक जयराम जोशीले जानकारी दिए । नारायणगढको शहीदचोक र चितवन मेडिकल कलेज अगाडि पुस १५ सम्म सञ्चालन हुने शिविरमा किराले खाएको, दाँत दुखेको समस्या भएका व्यक्तिहरु बढी आएको उनले जानकारी दिए ।






