चितवन, पुस ११
चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
आज सम्पन्न वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट संथापक उपाध्यक्ष समेत रहेका गोपाल भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनको नेतृत्वमा तीन वर्षे कार्यकालको लागि २१ सदस्य कार्यसमिति निर्वाचित भएका छन् । अध्यक्ष दीर्घमान श्रेष्ठको अध्यक्षता सम्पन्न अधिवेशनले उपाध्यक्षमा रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक, सहकोषाध्यक्षमा प्रकाश श्रेष्ठ, सदस्यमा गगन लामा, शुकरानी लामा, शोभा गौतम, नबिन रिजाल , बलराम भण्डारी, दिपेश श्रेष्ठ, निलेन मान शाक्य, रामप्रसाद सुवेदी, प्रमिल न्यौपाने, विशाल भट्टराई, अच्युत थपलिया, शोभाखर अधिकारी, पुरुशोत्तम कँडेल रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष भट्टाराईले समस्या न्यूनीकरण र गुनासोलाई सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्दै वैदेशिक रोजगारीका नाममा विदेश पलायन हुने युवाहरुलाई नेपालमै उधम तथा रोजगारीको बातावरण बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने समेत बताए ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन भावी कार्ययोजना र आर्थिक प्रतिवेदन अनुमोदन गरिएको छ । साथै देशको वर्तमान आर्थिक अवस्था, ब्यवसायीहरुले भोग्नु परेको समस्याका सन्दर्भमा ब्यबसायीहरुले आ–आफ्नो धारणा ब्यक्त गरेका छन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष समेत रहेका अध्यक्ष दीर्घमान श्रेष्ठले संस्थाको स्थापनाकाल देखि अहिले सम्म नेपालमा चेम्बरले पु¥याएको योगदान चर्चा गर्दै र वर्तमान अवस्थामा ब्यबसायीलाई धैर्यतापूर्वक आफ्नो ब्यबसायमा लाग्न अनुरोध गरेका छन् ।







