Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, माघ ०७, २०८२
☰
Logo बुधबार, माघ ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ६. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ७. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ८. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ९. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • १०. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

मोटोपना किन बढ्दै छ नेपालमा ?

पहिले मोटोपना खाने-पिउने घरको निसानी हो भन्ने प्रचलन थियो। तर अब मोटोपना रोगका रुपमा वर्णित गरिएको छ। किनभने, मोटोपना विभिन्न रोगहरुको जननी हो। यससँग जोडिएर आउने रोग धेरै नै छन्। जसलाई हामी चिकित्सकीय भाषामा ‘ओबिसिटी सिन्ड्रोम’ भन्छौं।

मोटोपना त्यस्तो दीर्घकालीन समस्या हो, जुन मुटुको रोग, ब्लड प्रेसर, सुगर, डायबिटिज, क्यान्सर, घुँडा खिइने समस्या, श्वासप्रश्वासको समस्या र निद्रासँग जोडिएको समस्या हो।

मोटोपनाले विभिन्न रोग बढ्ने गर्छन्। तीमध्ये ९० प्रतिशतलाई डायबिटिज हुने बताइएको छ। धेरैलाई यसका कारण मानसिक समस्या भएको पनि पाइन्छ। किनभने, बडी सेमिङ हुन्छ। जस्तोस् ओ मोटे, ओ मोटी भनेर बोलाउने गरेका कारण सामाजिक जीवन जिउन समस्या हुन्छ र विस्तारै डिप्रेसनको सिकार भएको पाइएको छ।

किन बढ्दो छ नेपालमा?

सुन्दा अपत्यारिलो लाग्न सक्छ। अहिले विकासोन्मुख देशमा कुपोषणले भन्दा मोटपनाले मान्छे धेरै मरिरहेका छन्। डब्लूएचओका अनुसार वर्षेनी ४० देखि ५० लाख मानिस मोटापनाले निम्त्याउने रोगहरुका कारण मृत्युवरण गरिरहेका छन्‍। रोड ट्राफिक एक्सिडेन्टपछि मोटोपनाबाट मृत्यु हुनेको संख्या छ। विकासोन्मुख देशमै पर्ने नेपालमा गएको दुई दशकदेखि बढ्दो क्रममा छ।

मोटोपना आहार-विहारको रोग हो। हाम्रो आहार परिवर्तन हुँदै गइरहेको छ। पहिले हामी गाउँ-घरमा बस्दा स्थानीय खानेकुरा खान्थ्यौं। ढिकीमा कुटेको चामलमा फाइबर धेरै हुन्थ्यो। अहिले पोलिसवाला सेतो चामल हुन्छ। फाइबर हटाइसकेको हुन्छ। क्यालोरी मात्रै राखिएको हुन्छ। त्यसैगरी गहुँको पिठो गाउँको खैरो रङको हुन्छ तर अहिले किनेर खाने सेतो हुन्छ। त्यहाँबाट पनि फाइबर हराइसक्यो।

अहिलेको जीवनशैली यति व्यस्त छ कि पकाएर खाने फुर्सद छैन। हामीले फास्टफुड खान्छौं। पेय पदार्थमा कोल्ड ड्रिक्स खान्छौं। पहिले सिधै फलफूल खान्थ्यौं। अहिले फलफूलको कुरा त परै छाडौं, जुस पनि बट्टाको खान्छौं।

पहिले हामीलाई ५ देखि १० किलोमिटर हिँड्ने कुरा सामान्य थियो। कि साइकल चलाएर पुग्थ्यौं। अहिले त्यो सम्भव छैन। दुई तलामाथि जान पनि लिफ्ट प्रयोग गर्छौं।

मोटोपना बढ्नुको कारण यही हो। छोटकरीमा भन्दा पेटमा आम्दानी धेरै भयो, हामीले खर्च कम गर्न थाल्यौं। त्यही बचत भएर मोटोपना बढेको हो। केही मोटोपना वंशाणुगत हुन्छन्, त्यो निकै कमलाई हुन्छ।

अहिले एउटा संख्यामा छ। आगामी दशकमा यसको समस्या अझै धेरै हुने अनुमान अहिलेबाट नै गर्न सकिन्छ। किनभने, बच्चामा मोटोपना बढिरहेको छ। ‘चाइल्ड इज फादरु भनेझैं उनीहरु एक दशकमा प्रौढ हुन्छन्।

बेरियाट्रिक सर्जरी कसलाई ?

मोटोपनाको उपचारका लागि बेरियाट्रिक सर्जरी एउटा उपाय हो। तर, हामीले सुरुमा यस्तो गर्न भन्दैनौं। पहिले त आहाबिहारमै ध्यान दिन हाम्रो सुझाव रहन्छ। अन्य उपायबाट मोटोपना घटाउन सकिएन भने हामीले बेरियाट्रिक सर्जरीबाट घटाउने गरेका छौ।

नेपालमा हामीले सन् २०१४ देखि सुरु गर्‍यौं। तर अधिकांशलाई बेरियाट्रिक सर्जरी र लाइपोसेक्सन उस्तै लाग्ने रहेछ। लाइपोसेक्सन भनेको पेटमा जमेको बोसो तान्ने हो। सर्जरीकै माध्यमबाट बोसो झिकिन्छ। तर बेरियाट्रिक सर्जरीमा आन्द्रा र आमासयमा केही चिकित्सकीय उपाय अपनाइन्छ। जसले पेटमा बोसो लगाउने मुल स्रोत नै बन्द गर्छ।

हामीले खाना खाएपछि त्यो आमासयमा गएर बस्ने हो। त्यहाँ एउटा भाग हुन्छ, जसलाई फन्डस भनिन्छ। त्यहाँ एउटा हर्मोन निस्किन्छ, जसले गर्दा मान्छेले धेरै खान्छ। हामीले यो सर्जरीका क्रममा फन्डस काटिदिन्छौं र आमासयको साइज घटाउँछौं। त्यसपछि ब्रेनमा धेरै खान हुँदैन भन्ने संकेत जान्छ, जसले गर्दा मान्छेले चाहिनेजति खाँदा अघाएको महसुस गरेर खान छाड्छ। त्यसरी एक त क्यालोरी शरीरमा कम जाने भयो, अर्को मोटोपना बढाउने त्यो हर्मोन नै हटाइदिएको हुन्छ। यसलाई ‘स्लिम भ्याक्सेक्टोमी’का रुपमा पनि बुझ्न सकिन्छ।

अर्को ‘बिलियो प्याङ्क्राइटिक डाइभर्सन’ गरिन्छ। यो पनि खाने थोरै खाँदा अघाउने उपाय नै हो। यसमा सानो आन्द्राको माथिल्लो भागलाई पूर्ण रूपमा बाइपास गरेर त्यसको अन्तिम खण्डमा सिधै जोडिएको हुन्छ। यसले गर्दा शरीरमा धेरैलाई के लाग्छ भने तुरुन्तै घट्छ।

यस्तो गरिएको एक महिनादेखि तौल घट्न थाल्छ। दुई वर्षमा नतिजा देखिन्छ।

बेरियाट्रिक सर्जरीपछि डायबिटिजको बिरामीमा ७० प्रतिशतले औषधि खानु नपर्ने गरी निको भएको पाइएको छ। उच्च रक्तचाप पनि ६०(७० प्रतिशतको निको हुने देखाएको छ। यो सर्जरी दूरबिन विधिबाट गरिन्छ। पेटमा ठूलो घाउ बनाइरहन पर्दैन। विकसित देशमा रोबर्टिक सर्जरी समेत आइसकेको छ। अप्रेसनको तीनदेखि पाँच दिनमा डिस्चार्ज हुन्छ।

कसलाई यसको आवश्यकता पर्छ भन्नेमा विश्व स्वास्थ्य संगठन र एसिया प्यासिफिकको मान्यतामा केही फरक देखिन्छ। विश्व स्वास्थ्य संगठनले कुनै रोग नभएकोमा बडी मास इन्डेस्क ४० भन्दा बढी रहेकोलाई बेरियाट्रिक सर्जरी गर्न सकिने बताएको छ। मोटोपनाका साथै अन्य समस्या हुँदा बडी मास इन्डेक्स ३० भन्दा बढी भएमा सर्जरी गर्नुपर्छ। एसियाका लागि भने बडी मास इन्डेक्स ३५ माथि छ भने गर्नुपर्छ। यदि कुनै समस्या छ भने ३२.५ भन्दा माथि गर्नुपर्ने बताइएको छ।

(बेरियाट्रिक सर्जन डा राकेश शाहसँग गरिएको कुराकानीमा आधारित।)-स्वास्थ्यखबरबाट

Chitwan Aaja चितवन आज
मङ्गलबार, पुष १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु
अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु
चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

ताजा समाचार

सबै

बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

यी हुन् नेकपाका १६५ उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो ०४ः३० बजेसम्म दुई हजार १७ जनाको उम्मेदवारी दर्ता

ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता

पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे

प्रचण्डले रुकुमपूर्वबाट गराए उम्मेदवारी मनोनयन दर्ता

एमाले अध्यक्ष ओलीले गराए झापा–५ मा मनोनयन दर्ता

महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी, चुनाव चिह्न जुत्ता

रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता

रमेश लेखकको टिकट खोसियो

चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.