चितवन, १० पुस
नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनयिन (अनेरास्ववियु) वीरेन्द्र बहुमुखी क्याम्पस कमिटीले भोलि ११ गते जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । कार्यक्रमका संयोजक तथा क्याम्पस कमिटीका उपाध्यक्ष सन्दिप अधिकारीका अनुसार भोलि बिहान ७:३० बजेबाट उक्त वक्तृत्वकला कार्यक्रम सुरु हुँदैछ । कार्यक्रमको प्रवेश शुल्क २,००० रहेको छ ।
क्याम्पस कमिटीका अध्यक्ष सुदिप पौडेलले अनेरास्ववियु क्याम्पस कमिटीले यही पुष १२ गते अधिवेशन गर्न लागेको चितवन आजलाई जानकारी दिए । उनले अधिवेशन अघि सरसफाइ तथा डस्बिन वितरण कार्यक्रम गरिएको बताए ।
यसै गरी अधिवेशनको अघिल्लो दिन पुष ११ गते जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्न लागिएको हो । पौडेलका अनुसार कमिटीका उपाध्यक्ष सन्दिप अधिकारीको संयोजकत्त्वमा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो भने अधिकारीकै संयोजकत्त्वमा वक्तृत्वकला प्रतियोगिता हुँदैछ ।
अधिवेशन अघि सेक्सन कमिटीहरु गठन भैरहेका छन् । कमिटीका सचिब सौगात बस्यालको संयोजकत्त्वमा सेक्सन कमिटी गठन भैरहेको छ । आगमी नेतृत्वका लागि अधिकारी र बस्यालले आकांक्षा व्यक्त गरेका छन् ।







