चितवन, पुष ८ –
वीरेन्द्र बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनयिन (अनेरास्ववियु) क्याम्पस कमिटीले डस्विन वितरण गरेको छ ।
आज क्याम्पसको ९ विगाह परिसरमा एक कार्यक्रमको आयोजना गरी अनेरास्ववियुले वीरेन्द्र क्याम्पसलाई डस्बिन र कुचो सहयोग गरेको हो ।
क्याम्पस प्रमुख दयाराम पौडेललाई डस्बिन हस्तान्तरण गरेपछि अनेरास्ववियुका विद्यार्थीहरुले ९ विगाह परिसरमा सरसफाइ समेत गरेका थिए ।
क्याम्पस कमिटीका अध्यक्ष सुदिप पौडेलले अनेरास्ववियु क्याम्पस कमिटीले यही पुष १२ गते अधिवेशन गर्न लागेको चितवन आजलाई जानकारी दिए । उनले अधिवेशन अघि सरसफाइ तथा डस्बिन वितरण कार्यक्रम गरिएको बताए । यसै गरी अधिवेशनको अघिल्लो दिन पुष ११ गते जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने गरी अनेरास्ववियु लागेको अध्यक्ष पौडेल बताउँछन् ।
पौडेलका अनुसार कमिटीका उपाध्यक्ष सन्दिप अधिकारीको संयोजकत्त्वमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ भने अधिकारीकै संयोजकत्त्वमा बक्तृत्त्वकला प्रतियोगिता हुँदैछ ।
अधिवेशन अघि सेक्सन कमिटीहरु गठन भैरहेका छन् । कमिटीका सचिब सौगात बस्यालको संयोजकत्त्वमा सेक्सन कमिटी गठन भैरहेको छ ।
आगमी नेतृत्वका लागि अधिकारी र बस्यालले आकांक्षा व्यक्त गरेका छन् ।