Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, कार्तिक १८, २०८२
☰
Logo मङ्गलबार, कार्तिक १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • २. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३. सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ४. आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • ७. चितवनबाट लमजुङ जाँदैे गरेको माइक्रो तनहुँमा दुर्घटनाः १४ जना घाइते

  • ८. चितवनका युवा व्यवसायी सुलभ सिग्देल माथि आक्रमण

  • ९. नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु

  • १०. बञ्चरेडाँडामा फोहोर फ्याँक्न नदिएपछि काठमाडौं महानगरले भन्यो- घरमै सुरक्षित राख्नुस्

हेटौँडा अस्पतालद्वारा मिर्गौला रोगीलाई नियमित डायलाइसिस सेवा

मकवानपुर, ७ पुस
मकवानपुरको हेटौँडा अस्पतालले मिर्गौला रोगीका लागि डायलाइसिस उपचार सेवालाई सहज बनाएको छ । यहाँ हाल मधेस प्रदेशको सिराहा, बारा, पर्सा तथा बागमती प्रदेशको सिन्धुली र मकवानपुरका गरी कूल ६६ मिर्गौला रोगीले दैनिक आलोपालो गरी डायलाइयसिस सेवा लिइरहेका छन् ।

हेटौँडा अस्पतालको डायलाइसिस युनिटका इन्चार्ज सीमा कणेलका अनुसार डायलाइसिस सेवा लिनेमा १८ महिला हुनुहुन्छ । मिर्गौला बिरामीले हप्ताको दुईपटक अनिवार्यरुपमा चिकित्सकको परामर्शअनुसार डायलाइसिस सेवा लिइरहेका छन् । उहाँका अनुसार हेटौँडा अस्पतालमा हाल मिर्गाैला रोग विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा डायलाइसिस गरिरहेका बिरामीको उपचारमा समस्या भएको कणेल बताउनुहुन्छ । बिरामीलाई थप उपचार गर्नुपर्ने अवस्था आए कहाँ लैजाने भन्ने समस्या रहेको उहाँको भनाइ छ ।

“विषेशज्ञ चिकित्सक नहुँदा मिर्गौलाका बिरामीले समस्या भोग्नु परिरहेको छ । अस्पतालका अन्य चिकित्सकलाई देखाउने गरिएको छ”, उहाँले भन्नुभयो । अहिले डायलाइसिस युनिट कक्षमा १३ डायलाइसिस मेसिनबाट दैनिक बिहान, दिउँसो र साझँ गरी तीनपटक प्रत्येक बिरामीलाई आलोपालो डायलाइसिस सेवा दिने गरिएको छ ।

डायलाइसिस युनिटमा सङ्घीय सरकारको स्वास्थ तथा जनसङ्ख्या मन्त्रालय, हेटौँडा उपमहानगरपालिका, रोेटरी क्लब हेटौँडा र आरोग्य स्वास्थ प्रतिष्ठान ललितपुरले डायलाइसिस मेसिन खरिद गरी उपलब्ध गराएको मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा रामचन्द्र सापकोटाले बताउनुभयो । उहाँका अनुसार पुराना चारवटा डायलाइसिस मेसिन बिग्रेकाले केही दिनमा प्राविधिक बोलाएर मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने भएको उहाँले जानकारी दिनुभयो ।

मकवानपुरमा मिर्गौला बिरामी चार सयभन्दा बढी पहिचान भएको र उनीहरुले आ–आफ्नो सुविधाअनुसार काठमाडाँै, ललितपुर, भक्तपुर र चितवनका विभिन्न अस्पतालमा डायलाइसिस सेवा लिँदैआएका जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्यमणप्रसाद घिमिरेले जानकारी दिनुभयो । मिर्गौलाका बिरामीलाई तत्काल डायलाइसिस उपचार सेवा पाउन प्रत्येक स्थानीय निकायबाट अनिवार्य सिफारिस लिनुपर्ने र सोही अनुसार विपन्न नागरिक उपचार सेवा कोषअन्तर्गत निःशुल्क डायलाइसिस उपचार सेवा दिने गरिएको छ । सम्बन्धित अस्पताललाई सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको महाशाखामार्फत वार्षिक रकम भुक्तानी दिने गरेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दीपक तिवारीले बताउनुभयो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटाँैडा अस्पताल सञ्चालन समितिका अध्यक्ष राजेश प्रसाईंले हेटौँडा अस्पतालमा विगत एक वर्षअघि सो प्रतिष्ठानले एक मिर्गौला रोग विशेषज्ञ चिकित्सक दरबन्दी सिर्जना गरी बिरामीको उपचार गर्दैआएकामा हाल सो प्रतिष्ठानमा प्रदेश सरकारबाट बजेट विनियोजित हुँदा उत्त चिकित्सकको दरबन्दी हटाइएकाले सो चिकित्सकलाई बिदाइ गर्नु परेको र सम्बन्धित निकायमा सो चिकित्सकको दरबन्दी उपलब्ध गराउन माग गरिरहेको बताउनुभयो । उहाँले हेटाँैडा अस्पताल सञ्चालन समितिद्वारा अब तीन हप्ताभित्रै मिर्गौला रोग विशेषज्ञ चिकित्सकलाई अस्पतालमा उपलब्ध गराउन विज्ञापनद्वारा पदपूर्ति गर्न प्रक्रिया थालेको जानकारी दिनुभयो । (रासस)

Chitwan Aaja चितवन आज
शनिबार, पुष ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एकता सहमति अनुमोदनका लागि माओवादी आयोजक समितिको बैठक बस्दै
फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल
‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा

ताजा समाचार

सबै

एकता सहमति अनुमोदनका लागि माओवादी आयोजक समितिको बैठक बस्दै

फागुन २१ को निर्वाचन युवा पुस्ताको आन्दोलनको उपलब्धि : राष्ट्रपति पौडेल

‘जेनजी’ प्रदर्शनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा

भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

दोलखाको यलुङ रि हिमालमा हिमपहिरो: ३ को मृत्यु, ८ जना बेपत्ता

राष्ट्रपति पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन दोहामा

दक्षिणी भारतमा बससँग ट्रक ठोक्किँदा २० जनाको मृत्यु, दर्जनौँ घाइते

अर्थमन्त्री खनालसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी हुने

निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

दासढुङ्गादेखि मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा

शेखर कोइरालासँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेटवार्ता

गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

राष्ट्रपतिको कार्यभार उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई

कांग्रेस नेता खतिवडालाई पितृ शोक

अघिल्लो दिनकै भाउमा सुनको कारोबार, चाँदी बढ्यो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनका युवा व्यवसायी सिग्देललाई आक्रमण गर्ने तीन जना मुग्लिनबाट पक्राउ

  • २.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    सोमबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहाेस् राशिफल

  • ४.
    आइतबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech