चितवन । चितवनको रामपुरमा रहको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत तीनजना छात्रहरु फेसबुकमा फेक अकाउन्ट बनाइ ब्ल्याक मेलिङ गरि फिरौती रकम मागेको अभियोगमा पक्राउ परेका छन् ।
चितवनकै रत्ननगर नगरपालिका १३ घर भएका २० वर्षका प्रवेश रिमाल, सिराहाको लाहान नगरपालिका १ घर भएका १९ वर्षका युनिक सिंह र पोखरा महानगरपालिका २९ का २२ वर्षीय अनुराग घिमिरेलाई जिल्ला प्रहरी कार्यालय चितवनले आज पक्राउ गरेको हो ।
उनीहरुले फेसबुकमा महिलाको फेक आइडी बनाइ महिलाकै आवाज निकालेर च्याट गर्ने, अश्लील भिडियो पठाउने गरि चितवनका दुई पुरुष र कास्कीका एक महिलासँग फिरौती रकम मागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
उनीहरुले फिरौती लिएको ७६ हजार रुपैयाँ र चार थान मोबाईल समेत बरामद गरेको चिवतन प्रहरीले जानकारी दिएको छ ।