Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, माघ ०५, २०८२
☰
Logo सोमबार, माघ ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ८. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • ९. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • १०. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

यात्रा गर्न सडक अनुकुल नभएको भन्दै सरोकारवालाले दियो भरतपुर भ्रमण वर्ष सार्न सुझाव

चितवन, ५ पुस
भरतपुर महानगरपालिकाले मनाउन लागेको भरतपुर भ्रमण वर्ष सन् २०२४ कार्यक्रम केही महिना पछि सार्न सरोकारवालाले सुझाव दिएका छन् । सडक यातायातलगायत धेरै कुरा अनुकूल नभएको भन्दै केही समय पछि सार्न सुझाव दिएका हुन् ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पुल निर्माणका लागि दिउँसोको समयमा यातायात रोकेर काम गर्ने तयारी गरिएको छ । यही पुस ७ गतेबाट सो सडक दिउँसोको समयमा चार घण्टा बन्द गरेर काम गरिँदै छ । मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकखण्ड पनि निर्माणाधीन अवस्थामा छन् । ती सडक निर्माणको काम भइरहेकाले केही महिना पछि नै थप सहज हुने देखिएको छ ।

भरतपुर महानगरमा पर्ने पुल्चोक–गोन्द्राङ सडकको कामले पनि पूर्णता पाउन सकेको छैन । महानगरपालिकाको मुख्य प्रवेशद्वार क्षेत्रमा काम भइरहेकाले अहिले अस्तव्यस्त देखिएको छ । केही महिनामा नै यो काम सम्पन्न हुने अवस्थामा छ ।

भ्रमण वर्षमा पर्यटकका लागि देखाउन लागिएको दियालो दरबार मर्मतसम्हार गर्न बाँकी भने बाघ राख्ने खोर निर्माण भइरहेको छ । महानगरका ग्रामीण क्षेत्रमा हरियाली बनाउने काम भइरहेको छ । यससँगै बागमती प्रदेश सरकारले यही जनवरी १ मा भ्रमण वर्ष घोषणा गर्दैछ । एउटै समयमा शुभारम्भ कार्यक्रम नगर्न बागमती प्रदेश सरकारको पनि सुझाव छ ।

निजी र सरकारी क्षेत्रबाट केही महिना भ्रमण वर्ष सार्दा उपयुक्त हुने सुझाव दिइएको छ । सन् २०२४ कै केही महिनापछि शुभारम्भ गर्न वा विसं २०८१ लाई भ्रमण वर्षको रुपमा मनाउन धेरैको सुझाव छ ।

होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष कृष्ण भट्ट भन्नुहुन्छ “भौतिक निर्माणमा हामी देशकै अग्रणी छौँ, तर नारायणगढ बजारमा निर्माणाधीन सडकले पूर्णता नपाउँदा देख्नेलाई केही पनि नभएको हो कि जस्तो देखियो ।”

निजी क्षेत्र तयारी अवस्थामा रहे पनि केही महिना पछाडि सार्दा उपयुक्त हुने उहाँको सुझाव छ । अझै राम्रो तयारी गर्न सकिने र अन्य हिसाबले पनि राम्रो हुने भट्टले बताउनुभयो । चितवन पर्यटन विकास समितिका संयोजक खेम भट्ट अहिलेकै अवस्थामा भ्रमण वर्ष मनाउन त्यति राम्रो नभएको हुँदा केही महिना पछि सार्न भरतपुर महानगरलाई अनुरोध गर्नुहुन्छ । उहाँले भन्नुभयो, “मिलेसम्म केही महिनापछि भ्रमण वर्षको शुभारम्भ गर्न उपयुक्त देख्छु ।”

भरतपुर महानगरपालिका देशमै भौतिक पूर्वाधारमा धेरै काम भएको महानगर हो । मुख्य सहरी क्षेत्रको नारायणगढ र भरतपुर क्षेत्रमा अहिले काम भइरहेको छ । बजेटको अभावमा जुन गतिमा काम हुनुपर्ने हो हुन नसक्दा भरतपुर प्रवेश गर्दैगर्दा शोभायमान देखिएको छैन ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ निजी क्षेत्र तयार भए पनि मुख्य बजार क्षेत्रको काम सम्पन्न हुन नसक्दा सोचेजस्तो राम्रो नदेखिएको बताउनुहुन्छ । बजार क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउन सकेमा भ्रमण वर्ष अरु राम्रो हुने उहाँको सुझाव छ ।

भ्रमण वर्षका लागि महानगरपालिकाले गर्नुपर्ने सबै तयारी पूरा भएका छन् । उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका पूर्वउपाध्यक्ष राजन गौतम विसं २०८१ लाई भ्रमण वर्ष घोषणा गर्दा अझ राम्रो हुने सुझाव दिनुहुन्छ । उहाँले भन्नुभयो “महानगरले आन्तरिक तयारी पूरा गरे पनि बाह्य अवस्था त्यति राम्रो बनिसकेको छैन, आन्तरिक पर्यटकलाई जोड दिइने भएकाले नयाँ वर्षबाट गर्दा राम्रो हुन्छ ।”

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी महानगरपालिकाले गर्नुपर्ने सबै तयारी पूरा भएको बताउनुहुन्छ । बजार क्षेत्रको मुख्य सडक बन्दै गरेको, नारायणगढ मुग्लिन सडकखण्ड दिनको समयमा रोकेर काम गर्न लागिएको, भरतपुर आउने मुख्य दुई सडक बन्दै गरेको लगायतका कारण भ्रमण वर्ष केही महिना सार्न सुझाव आएको बताउनुहुन्छ ।

महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्ष महानगर र निजी क्षेत्रको सहकार्यमा गर्न लागिएकाले निजी क्षेत्रको सुझाव लिएर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो “निजी क्षेत्रबाट आउने सुझावअनुसार महानगर अघि बढ्छ ।” उहाँका अनुसार शुक्रबार बस्ने कार्यपालिकाको बैठकले यस विषयमा छलफल गरेर टुङ्गो लगाउने छ ।

पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको भरतपुर महानगरमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सन् २०२४ लाई भ्रमण वर्ष घोषणा गर्न लागिएको हो । -रासस

Chitwan Aaja चितवन आज
बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मधेशमा आज बलिदानी दिवस मनाइँदै
खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा
स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

ताजा समाचार

सबै

निर्वाचन आचारसंहिता लागू : निर्वाचन आउन अब ४५ दिन बाँकी

मधेशमा आज बलिदानी दिवस मनाइँदै

खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

माघ शुक्ल प्रतिपदा: आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

सकियो तीन दिने एग्रीटेक एक्स्पो : ३१ हजार बढीले गरे अवलोकन

प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक

गैँडाकोट महोत्वस : आज १४ हजारले अवलोकन गरे

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अवलोकन

आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय समाग्री हस्तान्तरण

हर्क साम्पाङले पनि दिए राजीनामा

धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.