Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत ०४, २०८२
☰
Logo बुधबार, चैत ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • ७. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ८. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

यात्रा गर्न सडक अनुकुल नभएको भन्दै सरोकारवालाले दियो भरतपुर भ्रमण वर्ष सार्न सुझाव

चितवन, ५ पुस
भरतपुर महानगरपालिकाले मनाउन लागेको भरतपुर भ्रमण वर्ष सन् २०२४ कार्यक्रम केही महिना पछि सार्न सरोकारवालाले सुझाव दिएका छन् । सडक यातायातलगायत धेरै कुरा अनुकूल नभएको भन्दै केही समय पछि सार्न सुझाव दिएका हुन् ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पुल निर्माणका लागि दिउँसोको समयमा यातायात रोकेर काम गर्ने तयारी गरिएको छ । यही पुस ७ गतेबाट सो सडक दिउँसोको समयमा चार घण्टा बन्द गरेर काम गरिँदै छ । मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकखण्ड पनि निर्माणाधीन अवस्थामा छन् । ती सडक निर्माणको काम भइरहेकाले केही महिना पछि नै थप सहज हुने देखिएको छ ।

भरतपुर महानगरमा पर्ने पुल्चोक–गोन्द्राङ सडकको कामले पनि पूर्णता पाउन सकेको छैन । महानगरपालिकाको मुख्य प्रवेशद्वार क्षेत्रमा काम भइरहेकाले अहिले अस्तव्यस्त देखिएको छ । केही महिनामा नै यो काम सम्पन्न हुने अवस्थामा छ ।

भ्रमण वर्षमा पर्यटकका लागि देखाउन लागिएको दियालो दरबार मर्मतसम्हार गर्न बाँकी भने बाघ राख्ने खोर निर्माण भइरहेको छ । महानगरका ग्रामीण क्षेत्रमा हरियाली बनाउने काम भइरहेको छ । यससँगै बागमती प्रदेश सरकारले यही जनवरी १ मा भ्रमण वर्ष घोषणा गर्दैछ । एउटै समयमा शुभारम्भ कार्यक्रम नगर्न बागमती प्रदेश सरकारको पनि सुझाव छ ।

निजी र सरकारी क्षेत्रबाट केही महिना भ्रमण वर्ष सार्दा उपयुक्त हुने सुझाव दिइएको छ । सन् २०२४ कै केही महिनापछि शुभारम्भ गर्न वा विसं २०८१ लाई भ्रमण वर्षको रुपमा मनाउन धेरैको सुझाव छ ।

होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष कृष्ण भट्ट भन्नुहुन्छ “भौतिक निर्माणमा हामी देशकै अग्रणी छौँ, तर नारायणगढ बजारमा निर्माणाधीन सडकले पूर्णता नपाउँदा देख्नेलाई केही पनि नभएको हो कि जस्तो देखियो ।”

निजी क्षेत्र तयारी अवस्थामा रहे पनि केही महिना पछाडि सार्दा उपयुक्त हुने उहाँको सुझाव छ । अझै राम्रो तयारी गर्न सकिने र अन्य हिसाबले पनि राम्रो हुने भट्टले बताउनुभयो । चितवन पर्यटन विकास समितिका संयोजक खेम भट्ट अहिलेकै अवस्थामा भ्रमण वर्ष मनाउन त्यति राम्रो नभएको हुँदा केही महिना पछि सार्न भरतपुर महानगरलाई अनुरोध गर्नुहुन्छ । उहाँले भन्नुभयो, “मिलेसम्म केही महिनापछि भ्रमण वर्षको शुभारम्भ गर्न उपयुक्त देख्छु ।”

भरतपुर महानगरपालिका देशमै भौतिक पूर्वाधारमा धेरै काम भएको महानगर हो । मुख्य सहरी क्षेत्रको नारायणगढ र भरतपुर क्षेत्रमा अहिले काम भइरहेको छ । बजेटको अभावमा जुन गतिमा काम हुनुपर्ने हो हुन नसक्दा भरतपुर प्रवेश गर्दैगर्दा शोभायमान देखिएको छैन ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ निजी क्षेत्र तयार भए पनि मुख्य बजार क्षेत्रको काम सम्पन्न हुन नसक्दा सोचेजस्तो राम्रो नदेखिएको बताउनुहुन्छ । बजार क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउन सकेमा भ्रमण वर्ष अरु राम्रो हुने उहाँको सुझाव छ ।

भ्रमण वर्षका लागि महानगरपालिकाले गर्नुपर्ने सबै तयारी पूरा भएका छन् । उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका पूर्वउपाध्यक्ष राजन गौतम विसं २०८१ लाई भ्रमण वर्ष घोषणा गर्दा अझ राम्रो हुने सुझाव दिनुहुन्छ । उहाँले भन्नुभयो “महानगरले आन्तरिक तयारी पूरा गरे पनि बाह्य अवस्था त्यति राम्रो बनिसकेको छैन, आन्तरिक पर्यटकलाई जोड दिइने भएकाले नयाँ वर्षबाट गर्दा राम्रो हुन्छ ।”

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी महानगरपालिकाले गर्नुपर्ने सबै तयारी पूरा भएको बताउनुहुन्छ । बजार क्षेत्रको मुख्य सडक बन्दै गरेको, नारायणगढ मुग्लिन सडकखण्ड दिनको समयमा रोकेर काम गर्न लागिएको, भरतपुर आउने मुख्य दुई सडक बन्दै गरेको लगायतका कारण भ्रमण वर्ष केही महिना सार्न सुझाव आएको बताउनुहुन्छ ।

महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्ष महानगर र निजी क्षेत्रको सहकार्यमा गर्न लागिएकाले निजी क्षेत्रको सुझाव लिएर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो “निजी क्षेत्रबाट आउने सुझावअनुसार महानगर अघि बढ्छ ।” उहाँका अनुसार शुक्रबार बस्ने कार्यपालिकाको बैठकले यस विषयमा छलफल गरेर टुङ्गो लगाउने छ ।

पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको भरतपुर महानगरमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सन् २०२४ लाई भ्रमण वर्ष घोषणा गर्न लागिएको हो । -रासस

Chitwan Aaja चितवन आज
बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार
राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव
कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

ताजा समाचार

सबै

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

करिब १० कठ्ठा अवैध अफिम खेती प्रहरीद्वारा फडानी

प्रत्येक दिन जनताले दिएको भोटको जिम्मेवारी लिनुपर्छ : रवि लामिछाने

पश्चिम एशिया युद्धका कारण मलको मूल्य ३० प्रतिशतसम्म बढ्यो, आपूर्ति संकट गहिरिने चेतावनी

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायीत्व हुँदैन

सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घट्यो , कतिमा हुदैँछ कारोबार ?

कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने

पृथ्वीराजमार्गः आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर खण्ड पूरा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.