चितवन, १ पुस
गुरुकुल इको युथ क्लवका प्रतिनिधिहरुले मौलाकालिका मन्दिर फेदिदेखि मन्दिर परिसर सरसफाइ कार्यक्रम गरेका छन् । शनिवार युवाले चाहेमा धेरै काम गर्न सकिने भन्दै क्लवले निरन्तर रुपमा धार्मिक तया पर्यटकिय स्थान लगायतका ठाँउमा सरसफाई गर्दै आएको गुरुकुल इको युथ क्लवका उपाध्यक्ष अवनिश सिग्देलले बताउनुभयो।
क्लबका निवर्तमान अध्यक्ष सुगम पोख्रेलले क्लबले विगतमा गरेका कार्यक्रम र सहयोगहरुका बारेमा प्रष्ट पार्दै अबका दिनमा झनै यस्ता कार्यक्रमहरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने प्रमुख अतिथि एवम् धार्मिक सेवा समिति,मौलाकालिका मन्दिरका अध्यक्ष सालिकराम सापकोटाले यस्तै सेवाका कामहरु गर्नका लागि थप हौसला र फेरि पनि कालिक मन्दिरमै सरसफाई गर्न आउनुभएको धन्यवाद ज्ञापन गर्नुभयो।
“हटाई यातना,मेटाई वेदना
देखाई सपना, बढाई चेतना
परिवर्तनको मुख्य स्रोत अनि देशको गहना
सभ्य समाजको निर्माण विद्यार्थीको चाहना”







