भरतपुर, २९ मङ्सिर
नारायणी बहुप्राबिधिक शिक्षालयको कर्मचारी संगठन सम्पन्न भएको छ ।
इकाई कमिटीको अधिवेशनबाट वसन्त भट्टराईको नेतृत्वमा ७ सदस्यीय कमिटी गठन भएको हो ।
उक्त कमिटीको उपाध्यक्षमा सुस्मिता घिमिरे, सचिवमा दुर्गा नन्द शर्मा, सह-सचिवमा सरोज कुमार महतो, कोषाध्यक्षमा सागर तिवारी, सदस्यहरु प्रेम प्रभाष शाह, रोशन कुमाल र सल्लाहकारमा आशा गुरुङ रहेका छन् ।
निवर्तमान अध्यक्ष आशा गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा कर्मचारी संगठनका केन्द्रिय सदस्य मनोजकुमार यादव, रविन्द्र राय, दिलिप ठाकुर, विष्णुदत्त गौतम लगायतको उपस्थिति रहेको थियो ।