काठमाडौँ, २९ मङ्सिर
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सत्याग्रह सुरु गर्ने भएका छन् । पत्रकार सम्मेलन गर्दै आज शुक्रबार बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेका हुन्।
विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग राख्दै डा. केसीले अनसन सुरु गर्ने भएका हुन्।
विगतमा पटक–पटक भएको सहमतिलाई सरकारले कार्यान्वयन नगरेको डा. केसीको भनाई छ।






