काठमाडौँ, २४ मङ्सिर
तारा एयरको आपतकालीन ढोकाको सिसा सिसा खसेको छ ।
काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयर को नाइन एन एएलओ कल साइनको जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको हो ।
उक्त जहाज आइतबार बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । उड्ने क्रममा जहाजको आपतकालीन ढोकाको सिसा केहि भएको थिएन तर जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा थिएन ।
जहाज सकुसल अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।