भरतपुर, २१ मङ्सिर
अर्किड मा वि भरतपुरद्वारा आयोजित अर्किड डान्सिङ स्टार -२०८० को उपाधी कृतिका अधिकारीले प्राप्त गरेकी छिन् ।
मंसिर ८ बाट सुरु भएको उक्त उपाधिको प्रतिस्पर्धात्मक चरणमा बिद्यालयका १३० जना विद्यार्थीहरूले भाग लिएका थिए । कार्यक्रम मेघा राउन्ड, सेमि फाइनल राउन्ड हुँदै आज फाइनल राउन्डमा प्रवेश गरेको थियो ।
यस उपाधिको फर्स्ट रनरअप को उपाधी श्रेया थापा र सेकेन्ड रनर अपको उपाधी आरुषी रेग्मीले प्राप्त गरे।
कार्यक्रममा विजयीहरूलाइ पुरस्कार वितरण विद्यालयका प्रवन्ध निर्देशक आकाश पौडेलले गर्नुभएको कार्यक्रम संयोजक एवम विद्यालय अतिरिक्त क्रियाकलाप प्रमुख प्रतीक्षा श्रेष्ठले जनाउनुभयो ।







