काठमाडौँ, २० मङ्सिर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसाद विराजभक्त श्रेष्ठले सरकारले एनसेललाई कर छुट दिनु नै गलत भएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा एनसेलले नेपालको सार्वभौमसत्तामा आँच पुर्याउने काम गरेको छ । यसको जवाफ कसले दिन्छ ? भन्दै रास्वपा संसाद श्रेष्ठले प्रश्न गरे ।
“एनसेलका सीईओले गैरजिम्मवार अभिव्यक्ति दिएका छन् । यसले वैदेशिक लगानी नेपालमा आउँदैन,” श्रेष्ठले भने, कुन नियम र कानुनअनुसार एनसेललाई सरकारले कर छुट दिएको हो ?