काठमाडौं मंसिर २०
छातीमा समस्या भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । गृहमन्त्री श्रेष्ठलाई शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको छ ।
गृहमन्त्री श्रेष्ठको स्वास्थ अवस्था स्थिर रहेको सचिवालयले जनाएको छ ।






