चितवन, मंसिर १६ –
भरतपुर ११ मा रहेको कैलाश युथ क्लवले चियापन, भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आज बिहान सम्पन्न चियापान तथा भेटघाट कार्यक्रममा क्लवलाई योगदान पुर्याउने विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् ।
क्लवका अध्यक्ष सबिन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा भरतपुर ११ का वडाध्यक्ष कमल बहादुर मल्ल, फुटबल संघ चितवनका अध्यक्ष कृष्ण कार्की, समाजसेवी तथा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल ९वाइवी०, भरतपुर महानगर खेलकुद संयोजक विकाश श्रेष्ठ, विभिन्न टोलका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।