चितवन, १६ मङ्सिर
तनहुँको देवघाट स्थित एक नालामा हाल नाम थर, वतन नखुलेको पुरुष मृत अबस्थामा फेला परेका छन् ।
देवघाट वडा नं ५ पुलिस चौकी नजिकै रहेको नालामा शब फेला परेको हो । नालामा घोप्टो परेको अबस्थामा शब देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
उक्त खबर पाए लगतै प्रहरी घटनास्थलमा पुगेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।