भरतपुर । अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान अन्तर्गत भिमोदय माविमा अनेरास्ववियुको कमिटी गठन भएको छ । कालिका नगरपालिका ५ स्थित भिमोदय माविमा विद्यार्थीहरूको भेलाबाट अमित जि गुप्ता को नेतृत्वमा २५ सदस्यीय कमिटी गठन भएको छ।
संगठनका जिल्ला सह(सचिव विज्ञान अधिकारीको प्रमुख आतिथ्यतामा तथा कालिका नगर कमिटि अध्यक्ष सुरेश सापकोटा को अध्यक्षतामा कमिटि गठन भएको हो । उक्त कमिटीको उपाध्यक्षमा बिनिसा दाहाल र मुस्कान तमाङ्ग सचिवमा सरोज पौडेल, सह(सचिवमा संगीता गुरुङ्ग, अमित चौधरी , भुमिका बानियाँ र मनिसा ढकाल कोषाध्यक्षमा रितु बोम्जोम, अखिल फोर्स मा निसान रोकाय, महिला बिभाग प्रमुख मा अन्जना जिम्दार , खेलकुद बिभाग प्रमुख मा प्रदिप सुनार र सङ्गठन बिभाग प्रमुख मा आर्जन सापकोटा र सदस्यहरुमा दीक्षा महत्त्व आशिष मर्दनिया, रबिना तमाङ्ग, अञ्जली सुनार , दिलमाया घले, प्रकृति दलाई, सरला लोहार, स्वीकृति राई, रश्मि जोसि, सन्ध्या पोख्रेल , आयुस सिम्खडा, कृस्मा सुबेदि रहेका छन् ।
कार्यक्रममा जिल्ला सह-सचिव विज्ञान अधिकारी, कालिका नगर कमिटी अध्यक्ष सुरेश सापकोटा ,विरेन्द्र ब क्याम्पस कमिटी सदस्यहरु शैलेन्द्र यादव , खेवन गिरि , कृष्ण न्यौपाने लयायतको उपस्थिति रहेको थियो ।
नवगठित कमिटीलाई जिल्ला सह(सचिव विज्ञान अधिकारीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।