Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, माघ ०५, २०८२
☰
Logo सोमबार, माघ ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ८. भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

  • ९. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • १०. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

चितवन नारायणी महोत्सव : दुर्व्यसनीविरुद्ध सचेतना फैल्याउँदै कलाकार

चितवन, १२ मङ्सिर
नारायणी किनारमा यतिबेला महोत्सवको रौनक छ । दिनहुँ कलाकारले स्टेज तताइरहेका छन् । यसपटकको माहोल अलि फरक छ । कलाकारहरुले कलासँगै दुर्व्यसनीविरुद्ध सचेतना पनि फैल्याइरहेका छन् । मङ्सिर ६ गतेबाट सुरु गरिएको ‘चितवन नारायणी महोत्सव’ मा दिनहुँ राष्ट्रिय र स्थानीय कलाकारले कला प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले आफ्नो कलासँगै दर्शकलाई दुव्र्यसनमा नफस्न र परिवारमा कोही त्यसतर्फ लागेको भए समयमा नै उपचार गर्न सुझाइरहेका छन् । महोत्सवमा शिव परियार, पशुपति शर्मा, आस्था राउत, शान्तिश्री परियार, ज्योति मगर, रमेश प्रसाइँलगायत कलाकारले लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना जगाउने काम गरिरहनुभएको छ ।

मङ्सिर १६ गतेसम्म सञ्चालन हुने महोत्सव सकिँदै गर्दा ६० जनाभन्दा बढी कलाकारले विभिन्न माध्यमबाट लागुऔषधविरुद्धको सन्देश प्रवाह गरिरहनुभएको छ । महोत्सवको मुख्य आयोजक दुब्र्यनीको उपचार गर्दै आएको रिकभरिङ युनाइटेट प्रालि र आयोजक औद्योगिक शान्ति नेपाल हो ।

महोत्सवको मुख्य उद्देश्य लागुऔषध दुर्व्यसनी न्यूनीकरण गर्दै महोत्सवबाट बचेको पैसाले विपन्न परिवारका दुव्र्यसनको निःशुल्क उपचार गर्नु रहेको बताइएको छ । मुख्य आयोजक संस्था रिकभरिङ युनाइटेटका संस्थापक अध्यक्ष मनोज घिमिरे लागुऔषध दुव्र्यसन उपचारमा आउन चाहेर पनि पैसाको अभावमा नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “हामीले यस कार्यक्रममार्फत् लागुऔषधको लतमा नलाग्न जनचेतना जगाइरहेका छौंँ ।” महोत्सवबाट बचेको रकमले कम्तीमा ३५ जना विपन्न परिवारका दुर्व्यसनीको निःशुल्क उपचार गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “महोत्सवमा रहेको स्टलमा दुव्र्यसनमा फसेका र तिनका परिवारका सदस्यसमेत आएका छन् । उनीहरुले कसरी यसबाट छुटकारा पाउने भन्नेमा बारेमा जानकारी लिएका छन् ।” विज्ञ र पुनःस्थापितले स्टलबाट परामर्श दिइरहनुभएको छ । आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महत आफूले देशभर दुई सयभन्दा बढी महोत्सव गरेको भए पनि यस प्रकारको पहिलो महोत्सव गर्न पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यो महोत्सवको महत्वलाई बुझेर यही समयमा मकवानपुरमा अर्काे मेलाको मिति पछाडि सारेर यहाँ आएको हुँ ।”

महोत्सवमा आउने अतिथि वक्तादेखि कलाकारसम्म सबैले सचेतना फैल्याउने काम गरिरहेको भन्दै उहाँले कुलतविरुद्ध महोत्सव महत्वपूर्ण रहेको बताउनुभयो । महोत्सव मूलआयोजक समितिका संयोजक पिङ्कलराज पन्त दैनिक पाँच हजारभन्दा बढी दर्शक आइरहेको भन्दै यो महोत्सवमार्फत् चितवनसहित देशैभरी प्रत्यक्ष र सञ्चारमाध्यममार्फत् जनचेतना जगाउने काम भएको बताउनुभयो ।

पन्तले भन्नुभयो, “कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत् पनि प्रत्यक्ष प्रसारण गरिरहनुभएको छ । यसबाट देश विदेशमासमेत लागुऔषधविरुद्ध सचेतना फैल्याउने काम भएको छ ।” महोत्सवमा एक सय ९६ वटा स्टल छन् । महोत्सवमा रु ६० लाख हाराहारी खर्च हुने आयोजकको अनुमान छ । प्रायोजक नराखी महोत्सव गरिएको भन्दै उहाँले स्टल भाडा र टिकटबाट उठेको रकमले महोत्सव सञ्चालन गरिएको बताउनुभयो । उहाँले थप्नुभयो, “सबैको साथ र सहयोगका कारण यो जनचेतनामूलक महोत्सव सोचेभन्दा राम्रो सफलता मिलिरहेको छ ।” रिकभरिङ युनाइटेडका अध्यक्ष रवीनकुमार श्रेष्ठ जिल्लामा १२ हजार हाराहारी सक्रिय लागुऔषध प्रयोगकर्ता रहेको बताउनुहुन्छ । उनीहरुको उपचारका लागि जिल्लामा २१ वटा पुनःस्थापना केन्द्र निजी क्षेत्रबाट सञ्चालित छन् ।

भरतपुर महानगरपालिकाभित्र मात्रै यो सङ्ख्या १५ छ । उपचारपछि निको भएर सामान्य जीवनमा फर्कने जनप्रतिनिधि, ठूला व्यापारी, चिकित्सक, इञ्जिनियर, बैंक प्रबन्धक, शिक्षक जस्ता प्रतिष्ठित व्यक्तिसमेत रहेको उहाँले जानकारी दिनुभयो । आफूलाई अरु भन्दा फरक देखाउन सुरुवाती चरणमा लहैलहैमा यो लतमा फस्ने गरेको उहाँको भनाइ छ । आर्थिक सम्पन्न भएर परिवारबाट टढा रहेका, जीवन कुनै लक्ष्य प्राप्त गर्न नसकेका, निराशावादी सोच, असल अभिभावकको कमी जस्ता कारणले कुलतमा फस्ने गरेको श्रेष्ठ बताउनुहुन्छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को पूर्वसन्ध्यामा आयोजित महोत्सवले यहाँको पर्यटन व्यवसायमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, मङि्सर १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै
आजबाट लागू भयो निर्वाचन आचारसंहिता
माघ शुक्ल प्रतिपदा: आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

ताजा समाचार

सबै

नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

माघ शुक्ल प्रतिपदा: आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

सकियो तीन दिने एग्रीटेक एक्स्पो : ३१ हजार बढीले गरे अवलोकन

प्रतिनिधिसभा सदस्य निर्वाचनः समानुपातिक बन्दसूचीका उम्मेदवारको नाम सार्वजनिक

गैँडाकोट महोत्वस : आज १४ हजारले अवलोकन गरे

रत्ननगर महोत्सव : १० दिनमा तीन लाखले गरे अवलोकन

आन्तरिक राजस्व कार्यालय भरतपुरलाई कार्यालय समाग्री हस्तान्तरण

हर्क साम्पाङले पनि दिए राजीनामा

धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते

सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

घण्टीघर पुगेर बालेनले बजाए घण्टी, तस्बिरहरू

तनहुँमा प्रतिनिधिसभा निर्वाचन: कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

काठमाडौंका मेयर बालेनले दिए राजीनामा

रास्वपा प्रवेश गर्दै सुदन, बालेनसँगै घण्टीघर जाँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.