भरतपुर, १० मङ्सिर
भरतपुर महानगरपालिका-१२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्ग सडकको कल्भर्ट मुनी भेटिएको शबको अझै पहिचान खुल्न सकेको छैन । जसको पहिचानको लागि चितवन प्रहरीले शनिबार केही तस्बिरहरू सार्वजनिक गरेको छ।
शव पहिचान नहुँदा प्रहरीलाई अनुसन्धान गर्न पनि जटिल भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजय पण्डितले जानकारी दिए।
कल्भर्ट मुनी दुई वटा बोराभित्र हात-खुट्टा बाँधिएको अवस्थामा पुरूष र महिलाको शव फेला परेको थियो ।
प्रहरीले पहिचानको लागि ७७ वटै जिल्ला लगायत सीमावर्ती भारतीय जिल्लाहरूमा समेत हुलिया परिपत्र गरेको डिएसपी पण्डितले बताए।