चितवन, २६ वैशाख –
नेपाली कांग्रेसका अनिल परियारको हत्या भएको विषयलाई लिएर चितवन मेडिकल कलेजका अगाडि म्याजिक तोडफोड भएको छ । जसले गर्दा सो क्षेत्र तनावग्रस्त बनेको छ ।
कांग्रेस निकट युवाहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधनसमेत तोडफोड गरेका छन् ।
आइतबार साँझ ७ः३० बजे भरतपुर– १२ निवासी अनिल परियारको भरतपुर– ७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।
घटना भएको यतिका समयसम्म पनि प्रशासनले दोषी पत्ता नलगाएको र पार्टी नेतृत्वले घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै मृतक परियार निकट युवाहरुले प्रदर्शन गरेका छन् ।