चितवन, ७ मङ्सिर
भरतपुरमा भेटिएको महिला र पुरुषको शबबारे चितवन प्रहरीले सुचना जारी गरेको छ।
शबबारे कुनै पहिचान नभएकोले सुचना जारी गरेको हो।
हिजो बुधबार भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कलवडमा दुईवटा शव बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको थियो।
हेर्नुस् जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको सुचना :-
मिति २०८०/०८/०६ गते अं. १२:५० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१२ मिलनचोक स्थित सडक कलभट मुनी संकास्पद रूपमा अं ३०/३५ वर्षको उचाई ५ फिट ७ ईन्च, सेतो रंगको सेण्डो, Superdry लेखिएको निलो रंगको हाफ कट्टु Double लेखिएको खैरो रंगको पेन्टी लगाएको, वर्ण स्याम्लो, मझौला शरीर, झट्ट हेर्दा तराई मुलको जस्तो देखीने, दाहिने हातमा रातो पहेलो पुजा डोरी बाँधेको, हल्का दार्ही पालेको पुरुष ब्यक्ति र सोहि स्थानमा अं. २५/३० बर्षकी उचाई ५ फिट ३ ईन्च भएकी, कलेजी रंगको ट्राउजर, गुलावीमा कालो रंगको बुट्टा भएको कुर्ता र खैरो रंगको पेन्टी लगाएको, वर्ण स्याम्लो, मझौला शरीर, हात खुट्टामा पिंक रंगको नेल पोलिस लगाएको, झट्ट हेर्दा तराई मुलको जस्तो देखिने, वाया हातमा नाडीको भित्री भागमा S स्पष्ट देखिने , M वा A स्पष्ट नभएको र धर्मिक चिन्ह जस्तो देखिने बस्तुको ट्याटु खोपेको, बाया खुट्टामा कालो डोरा र दाहिने हातमा रातो पहेलो रंगको पुजा डोरा बाँधेको, कानमा पहेँलो धातुको झुम्का लगाएकि महिला मृत अवस्थामा फेला परेको हुनाले चिन्नुहुने जो कोहिले नजिकको प्रहरी कार्यालय वा यस कार्यालयकको फोन नं. ९८५५०९०१३३ मा फोन सम्पर्क गरी जानाकारी गराउनहुन अनुरोध ।







