चितवन, मंसिर ६ –
भरतपुर १२ मिलन चोकस्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा बोराभित्र महिला र पुरुषको शव फेला परेका छ ।
आज दिउँसो माछा मार्ने क्रममा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार हातखुट्टा बाँधेर बोराभित्र हालि शवलाई फालिएको थियो । उक्त शवलाई प्रहरीेले आज दिउँसो ३ बजे त्यहाँबाट उठाएर पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगेको छ ।
शवको पहिचान खुल्न सकेको छैन । शव निकाल्न कल्भर्ट भित्रै छिरेका स्थानीय कृष्ण बहादुर अधिकारीले शवमा कुनै चोटपटक नरहेको र हातखुट्टा बाँधिएको अवस्थामा रहेको जनाएका छन् ।