चितवन, २७ कात्तिक
चितवनको भरतपुर महानगरपालिका–१ बागीश्वरीस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा सोमबार गाईको पूजा गरिएको छ ।
गाईतिहारको अवसरमा गाईलाई मिठो खानेकुरा खान दिएर पुजा गरिएको हो ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ।
गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।