चितवन, कार्तिक २५
नेकपा एमाले चितवनले देउसीभैलो कार्यक्रम सुरु गरेको छ । उद्योग वाणिज्य संघ चितवन परिसबाट देउसीभैलो खेल्दै नेकपा एमाले चितवनले देउसीभैलो कार्यक्रम सुरु गरेको हो ।
आज भएको देउसीभैली कार्यक्रम उद्योग वाणिज्य संघहुँदै भरतपुर महानगपालिका– १ को नारायणी जेसीस भवन हुँदै भरतपुर–७, १० र ११ का विभिन्न ठाउँमा खेलिएको थियो ।
कार्यक्रममा तिहारको शुभकामना दिँदै एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले सांस्कृतिकको जगेर्ना गर्ने उद्देश्यले देउँसीभैलो कार्यक्रम गरिएको जानकारी दिए । उनले देउँसीभैलो कार्यक्रम आजबाट सूरु भएको र आइतबार र सोमबारसम्म हुने जानकारी दिए । उनका अनुसार भोलि आइतबार खैरहनी नगरपालिका र राप्ति नगरपालिकामा कार्यक्रम हुनेछ भने सोमबार रत्ननगर नगरपालिका र कालिका नगरपालिकामा हुने छ ।