– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, कार्तिक २४ –
गुरुकुलबाट प्लस २ दिएका ५ विद्यार्थी नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
चितवनको पहिलो कलेजका रुपमा स्थापित निजी विद्यालय गुरुकुल माध्यमिक विद्यालय भरतपुर– ९, चितवनले आफ्नो करिव ३ दशकको शैक्षिक इतिहासमा राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय स्तरमा सक्षमता हासिल गर्ने दक्ष जनशक्तिको उत्पादनमा योगदान पुर्याउँदै आएको छ ।
यसै सन्दर्भमा गुरुकुलबाट प्लस टु दिएका ५ विद्यार्थीले यस वर्ष नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । हेरौं कुन विद्यार्थीले कुन क्षेत्रका उत्कृष्ट नतिजा ल्याउन सफल भए ।
१. यसवर्ष चिकित्सा शिक्षा आयोगबाट सञ्चालन भएको चिकित्सा शिक्षा एकिकृत प्रवेश परीक्षामा अधिकारीले नेपाल सर्व द्वितीय स्थान हासिल गर्न सफल भएका छन् ।
२. यस वर्ष त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानबाट सञ्चालित वि.ई प्रवेश परीक्षामा उक्त विद्यालयका विद्यार्थीहरु सर्व २३ औं स्थानसहित सुविन अधिकारी साथै रसिम सुनार, रिभा अग्रवाल, समिर शर्मा पौडेल र एलिन तिमिल्सिनाले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।
३ राष्ट्रिय परीक्षा बोर्डबाट २०८० मा कक्षा १२ का लागि सञ्चालित वार्षिक परीक्षामा विद्यालयका विद्यार्थीहरु समिर शर्मा पौडेल, जिपिए ३.९० सहित चितवन जिल्ला प्रथम रसिम सुनार, जिपिए ३.८५ सहित चितवन जिल्ला तृतिय र एलिन तिमिल्सिना, जिपिए ३ सहित चितवन जिल्ला चतुर्थ बन्न सफल भएका छन् ।
नेपाल सर्व द्वितीय स्थान हासिल गर्ने सुविन अधिकारी र अन्य सम्बन्धित विद्यार्थीहरु प्रति हार्दिक बधाईसहित उत्तरोत्तर प्रगतिको कामना गर्दै विद्यालयले आज उनीहरुलाई पत्रकार सम्मेलनकाबीच सम्मान गरेको छ । विद्यालयले हासिल गरेको यो उपलब्धि सम्बन्धित विद्यार्थीहरू, अविभावकहरु, गुरुकुल विद्यालय परिवार, भरतपुर महानगरपालिका र चितवनवासी सम्पूर्ण शिक्षाप्रेमीहरुको लागि खुसी र गौरवको विषय भएको विद्यालयका प्राचार्य टीकाराम चापागाईं बताउँछन् ।