चितवन, कार्तिक २२ –
विश्व रेडियोग्राफी दिवस तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवसको अवसरमा नेपाल रेडियोलिजकल सोसाइटी बागमती प्रदेशका महासचिव चिरञ्जीवी पन्थीले शुभकामना व्यक्त गरेका छन् ।
चितवन अस्पताल प्रालिको रेडियोलोजी विभागमा कार्यरत कर्मचारीले राखेको चियापान कार्यक्रममा उनले बिरामीको रोग पत्ता लगाउन र छिटो छरितो गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न रेडियोलोजी विभागको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।
बिरामीको सेवामा खट्दा रेडियोग्राफरहरुले विकिरणको जोखिम मोलेर दिनरात काम गर्दा सरकारले उक्त जोखिम बापतको भत्ता उपलब्ध गराउनुपर्ने उनको माग थियो । यो उपलब्ध गराउन आफूहरुले सक्दो पहल गरिरहेको पन्थीले बताए ।
जर्मनीका विश्व प्रसिद्ध भौतिकशास्त्री ‘विल्हेम कोनराड रोन्टगेन’ले ८ नोभेम्भर १८९५ मा एक्सरे विकिरण पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष नोभेम्बर ८ तारिकलाई विश्व रेडियोग्राफी दिवस तथा अन्तर्राष्ट्रिय रेडियोलोजि दिवसको रुपमा मनाउने गरिन्छ ।