चितवन, २२ कात्तिक
ॐ शान्ति टोल विकास सस्थाले दीप प्रज्वलन गरेको छ ।
जाजरकोट भूकम्पमा मृत्यु हुनेहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै टोलले आज साझ भरतपुर १० स्थित ॐ शान्ति चोकमा दीप प्रज्वलन गरेको हो ।
उक्त शोक सभामा घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गरिएको थियो ।
गतसाता जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको थियो।