शारदानगर, २१ कात्तिक
पश्चिम् चितवनमा बेस्ट डेस्टिनेसन एनवाइसि कप राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। नेपाल मगर संघ,भरतपुर-१९ र २० शारदानगरको भातृ युवा सस्था नबज्योती मगर युवा क्ल्वले सो प्रतियोगिताको आयोजना गर्न लागेको हो। क्ल्बले नेपालको राष्ट्रिय खेल भलिबललाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ कार्तिक २३ गते देखि २८ गते सम्म संचालन गर्न लागेको हो।
क्लबले जिल्ला स्तरिय तथा खुल्ला नक-आउट भलिबल प्रतियोगिताहरु बिगतका वर्षहरुमा संचालन गरेको थियो। प्रतियोगितामा हिमालय भलिबल एकेडेमी,मेघौलि टाइगर्स, लामा स्पोर्ट्स,चनौलि वारियर्स,जिएम समाज नवलपुर,गैडाको भलिबल क्ल्व,पार्वतिपुर युथ क्लब,आर-आर सि रौतहत,बिवाइसी सर्लाही,जेवाइसी लमजुङ र आयोजक २ टोलि सहित कुल १२ वटा टिमको सहभागीता रहेको छ।
प्रतियोगितामा राष्ट्रिय,सातौ एनभिए कप साथै प्रदेश स्तरिय प्रतियोगितामा सहभागी भएका २ जना खेलाडी मात्र सहभागी हुन पाउने र परिवर्तन गर्न नपाइने गरि प्रतीयोगिता हुन एनवाइसिका खेलकुद संयोजक तथा क्ल्वका पुर्व अध्यक्ष समेत रहेका तुल बहादुर थापा मगरले बताए।
प्रतियोगितामा प्रथम हुनेले रु.५५ हजार ५ सय ५५, द्वितीय हुनेले रु. ३३ हजार ३ सय ३३,तृतीय हुनेले रु.२२ हजार २ सय २२ र सान्त्वना हुनेले रु.११ हजार १ सय ११ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र पाइनुका साथै बिधागत पुरस्कारको समेत व्यवस्था रहेको प्रतियोगिताका खेलकुद संयोजक सुमन आले मगरे बताए।