काठमाडौं कात्तिक २०,
यो वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिले सोमवार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।
यो वर्ष भाइटीका कार्तिक २९ गते बुधवार परेको छ ।
‘भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १०ः५१ बजे रहेको जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार