चितवन, कार्तिक १८ –
राष्ट्रिय आधारभुत विद्यालय कालिका ३ बनकट्टाका विद्यार्थिहरुलाई कापी वितरण गरिएको छ ।
पूर्वि चितवन निवासि हाल दुबईमा रहेका रामकुमार ढुङ्गानाको सहयोगमा कापी वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष विरेन्द्र तमाङ, अतिथि प्रल्हाद उप्रेती, अभियानका अभियान्ता प्रकाश थापा, रोजिना त्रिपाठी, सफल अधिकारी, हिता कँडेल लगायतको उपस्थिति रहेको थियो ।
कापी वितरण कार्यको जिम्मेवारी आफूहरुलाई सुम्पेकोमा अभियान्ता प्रकाश थापाले सहयोगी रामकुमार ढुङ्गानाप्रति आभार प्रकट गरेका छन् ।