चितवन, कार्तिक १४
इन्नरहील क्लब अफ नारायणी, इन्नरहील क्लब अफ भरतपुर र इन्नरहील क्लब अफ भरतपुर सिटिको संयुक्त आयोजनामा स्तन क्यान्सर सचेतना तथा सरभाइकल क्यान्सर स्क्रिनिङ कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रम बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कार्यकारी निर्देशक डा। शिवजी पोडेलको प्रमुख आतिथ्यता र नर्सिङ प्रमुख अनिता देवकोटाको विशिष्ट अतिथ्यितामा सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता इन्नरहील क्लव अफ भरतपुरका अध्यक्ष रीता ढकालले गरेकी थिइन् । कार्यक्रममा स्वागत मन्तव्य इन्नरहील क्लब अफ नारायणीका अध्यक्ष पवित्रा अधिकारीले गरेकी थिइन् ।
उक्त कार्यक्रममा धन्यवाद मन्तव्य इन्नरहील क्लव अफ भरतपुर सिटिका अध्यक्ष सीता पोख्रेलले गरिन् । उक्त कार्यक्रमको सञ्चालन इन्नरहील क्लब अफ नारायणीका सदस्य बिष्णु माया अधिकारीले गरेकी थिइन् ।
प्रशिक्षक मन्जु शर्मा र बिष्णुमाया अधिकारीले स्तन क्यान्सर सरभाइकल क्यान्सर सचेतना तथा भिआईपि स्क्रिनिङ कार्यक्रमको सहजीकरण गरेका थिए ।
करिब ५५–६० जनाको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा २० जनाको भिआइपी परिक्षण गरिएको थियो।
उक्त कार्यक्रमको संयोजन इन्नरहील क्लब अफ नारायणीका सदस्य बिष्णुमाया अधिकारीले गरेकी थिइन् ।