काठमाडौं, २५ वैशाख-
चितवनको भरतपुर महानगरपालिका–१० मा गएराती सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय दिपक सुनार रहेका छन् । गएराती साढे ११ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा मृत्यु भएको हो ।
सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।-न्युज कारखाना