चितवन, ५ कात्तिक
शुभ पेट्रोल्याण्ड प्रालि नारायणगढले दसैँका लागि आफ्ना ग्राहकहरुलाई टिसर्ट वितरण गरेको छ ।
दसैँका अवसरमा ग्राहकलाई शुभकामना आदन प्रदानसहित उपहार स्वरुप टिसर्ट वितरण गरिएको पेट्रोल पम्पका संचालक सबल पियाले चितवन आजलाई जानकारी दिए ।
नियमित ग्राहकलाई दशैका उपलक्ष्यमा टिसर्ट वितरण गरिएको हो । उक्त टिसर्टमा पेट्रोल पम्पको कुनै लोगो राखिएको छैन ।
नियमित आइरहने ग्राहकहरु मध्ये अटो, म्याजिक, प्राइभेट अफिसका गाडि चलाउने चालकहरुसहित हालसम्म १६० जनालाई टिसर्ट वितरण गरिएको पियाले जानकारी दिए ।
पेट्रोल पम्पले समय समयामा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । बिपन्न केही बिद्यार्थीहरुलाई नारायाणी मावि र भानु माविमा पेट्रोल पम्पले निशुल्क पढ़ाईरहेको छ ।

तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार







