चितवन, वैशाख २४ –
भरतपुरको बसेनीमा अवस्थित जुनियर प्रहरी तालिम केन्द्र अगाडिका रूखहरू ढल्दा १२ वटा पोल भाँचिएको छ ।
भरतपुर वितरण केन्द्रका प्रमुख एबम इन्जिनियर राजिव कुमार सिंहका अनुसार आज साँझ आएको हावाहुरीले रूखहरू ढल्दा १२ वटा पोल भाँचिएका छन् भने कतै तारहरु चुडिएका छन् ।
जसका कारण भरतपुरका विभिन्न स्थानमा विधुत अवरुद्ध भएको छ । औद्योगिक फिडर, नारायणगढ फिडर, भृकुटी फिडर पूर्ण रूपमा अवरुद्ध बनेको सिंहले जानकारी दिए ।
पोल भाँचिएको ठाउँमा तार छुटाएर विधुत छाडिने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार