कार्तिक चितवन २
नवरात्रको पाचौँ दिन आज देवी स्कन्दमाताको पूजा–आराधना गरी मनाइँदैछ ।
कुमार कार्तिकेयको बालस्वरूपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाचौँ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ ।
कुमार कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरूपलाई स्कन्दमाता नामले चिन्ने गरिन्छ।
चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले वरमुद्रा धारण गर्ने यिनी पद्मासनसहित सिंहमा सवार रहन्छिन् ।
सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदीप्यमान हुने बताइन्छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार