१,कार्तिक चितवन ।
पठाओ दशैँ महोत्सव २०८० अन्तर्गत चितवनमा पठाओ नेपालका बाइक राइडरद्वय प्रज्वल बिडारी र जीभराज चौधरी साथै टुकटुक चालक भैरव लौडरीले खसी उपहार पाएका छन् । यस्तै टुकटुक चालक भुवन भण्डारीले बम्पर उपहारमा ५१ हजार रुपैयाँ जितेका छन् ।
तोकिएको नियम पूरा गर्ने बाइक राइडर र टुकटुक चालकहरु मध्यबाट गोलाप्रथा गरेर बिजेता छनौट गरि तीन जनालाई खसी र एकजनालाई नगद उपहार हस्तान्तरण गरिएको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए ।
पठाओ नेपालले चितवनमा ुहरेक हप्ता खसी उपहार र बम्पर उपहारमा ५१ हजार नारा राखेर तीन हप्ता दशैँ महोत्सव सञ्चालन गरेको हो । चितवनमा पठाओको यो पहिलो दशैँ महोत्सव हो ।
उपहार जित्नका लागि कम्पनीको राइड पोलिसी अनुसरण गर्दै बाइक राइडरले हरेक हप्ता १०० वटा र टुकटुक चालकले हरेक हप्ता ६० वटा राइड पूरा गरेको हुनुपर्ने शर्त राखिएको थियो ।
सन् २०२२ सेप्टेम्बर २४ देखि चितवनमा पठाओ बाइक र पठाओ टुकटुकले सेवा दिन सुरू गरेको हो । चितवनमा पठाओ सञ्चालनमा आएपछि यात्रुहरूलाई आवतजावतमा निकै सजिलो भएको छ ।