चितवन, असोज २९
भरतपुर ५ का टोल प्रतिनिधिलाई दिइयो प्राथमिक उपचार तालिम दिइएको छ ।
नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाको आयोजनामा उक्त वडामा रहेका १६ वटा टोलका प्रतिनिधिलाई तालिम दिइएको हो । २७ गतेबाट सुरु भएको तालिम आज २९ गते सकिएको हो ।
उक्त तालिममा एस.ओ.एस बालग्राम भरतपुर सहयोगी संस्थाका रुपमा रहेको थियो ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति हरिप्रसाद पौडेललाई सम्मान गरिएको थिए ।