Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, माघ ०२, २०८२
☰
Logo शुक्रबार, माघ ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ७. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ८. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ९. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

  • १०. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

यमोसा अर्थात् (पितृ औंसी) मनाउँदै चितवनका थारु समुदाय

रत्ननगर,असोज २७

चितवनका थारु समुदायले शनिवार दोस्रो ठूलो पर्व यमोसा अर्थात् (पितृ औंसी) मनाउँदैछन् । दिवंगत भएका आफन्तहरुको सम्झनामा मनाइने यो पर्वको छुट्टै महत्व छ । यमोसा पर्वमा थारु समुदायका सम्पूर्ण व्यक्तिहरुले पितृलाई तर्पण गर्ने गर्दछन् । शुक्रवार व्यक्तिगत वा सामुहिकरुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा घौका, जाल, डेली, कोइनी, ढडिया आदि सरसामान लिई माछा मारेका थिए । आज (शनिवार) यमोसाको दिन बिहानै पुरुषहरु आफूले देखेका दाभी (सिरु) काटी ल्याउँछन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाइ धोइपखाली घर अगाडि गाईको गोबरले पोतेको ठाउँमा पिर्का वा कुर्सीमा सो सिरुको मुठा राखी पितृ स्थापना गरिन्छ । त्यसलाई थारु भाषमा (पहुनी बेठोइ) भनिन्छ । पहुनीलाई विभिन्न थरिका फूलहरुले सिंगारिन्छ । घाम नलागोस् भनी छाता ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखेर यो पर्व मनाइन्छ । यो पर्व सोमवार बिहान समापन हुन्छ ।

यमोसा (पितृऔंसी) को परिचय

थारु जाति संस्कृति सम्पदा भरिपूर्ण भएको समुदाय हो । थारु जातीले वर्षभरिमा दर्जनौं पर्वहरु मनाउँछन् । प्रत्यक पर्वको छुट्टै पहिचान, चिनारी अनि महत्व छ । यी पर्वहरुमध्ये यमोसा (पितृऔंसी) पर्व पनि एउटा ठूलो पर्व हो । यो पर्व चितवन अनि नवलपरासीका थारु समुदायले मात्रै मनाउने गर्दछन् । अन्य जिल्लाका थारु समुदायले भने यो पर्व मनाउदैनन् । वर्षभरिमा मृत्यु भएको हजुरबुबा, हजुरआमा, आमा, बुबा सम्झिने गर्दछ अनि त्यही दिन औंसी पनि परेको हुनाले यो पर्वलाई पितृ औंसी पनि भन्ने गरिन्छ । यो पर्व दसैंको घटस्थापनाको ठीक अगाडिको दिनमा पर्ने गर्दछ ।

यमोसा पर्व दुई दिन धुमधामले मनाउने गरिन्छ । यमोसाको अगाडिको दिनमा माछा मार्ने गरिन्छ । त्यो दिनमा एक्लै अथवा समुहमा मिलेर ताल पोखरी नदीहरुमा घौंका, जाल, कोईनी, ढडिया, डेली सामानहरु लिएर माछा मर्न जाने चलन छ । अर्को दिन अर्थात आज (आइतवार) यम्वासाक दिनमा बिहानैं पुरुषहरु आफूले देखेको सिरुको घाँस काटेर ल्याउने गर्दछन् । सिरुको घाँस राम्रोसँग निफनेर एक हात जति लामो कुचोको मुठा बनाएर बाँध्ने गर्दछन् । घरको अगाडि आँगनमा पिर्कामा राखेर बसाउने कुचोको मुठोलाई पहुनी बसालेको भनिन्छ । पहुनीलाई घेरै किसिमको फुलमाला हालेर सजाइदिने गरिन्छ । पाहुनीलाई घाँम नलागोस भनेर छाँता ओढाउने पनि गरिन्छ । पाहुनीको अगाडि सुकमेल, सुपारी, रक्सी, चुरोट, सुर्ती राखिदिने गरिन्छ । त्यो दिन बिहानै साना बच्चा बच्चीदेखि लिएर बूढाबूढीसम्मका सबैले पहिल्यै मृत्यु भइसकेका हजुरबुबा, हजुरआमा, बुबा, आमाहरुलाई सम्झेर कुश पानी चढाई सम्झी पानीले नुहाईदिने गरिन्छ । नुहाईसकेपछि सफालुगा लगाएर पाहुनीको अगाडि बसेर घरका सम्पूर्ण परिवार मिलेर अलिअलि पानी अनि रक्सीको थोपा चढाउने गरीन्छ । त्यस्पछि मात्रैे भात अनि अरु खानेकुरा खान मिल्ने गर्दछ ।

पहिला सुरुमा आफ्नो छोरीज्वाई अनि अन्य पाहुनालाई बोलाएर आदर सम्मानका साथ चौंरासी व्यञ्जन खुवाउने गरिन्छ । (यस्लाई पितरी बसालेको भनिन्छ) घरमा आएका पाहुनाहरुलाई खाना खुवाएर मात्रै आफु अनि घरका अन्य सदस्यहरु खाना खान बस्ने गरिन्छ । अनि केटीहरुले पाहुनाहरुलाई कपालमा तेल लगाएर काङ्गीयोले कपाल कोरिदिने गर्दछन् । त्यसपछि उल्टो नाङ्लोमा पानी हालेर पाहुनाहरुलाई पानी छर्किने गरिन्छ । यस्लाई पित पितराईन लखेटेको भनिन्छ । त्यो घरमा जोसुकै आएपनि त्यो दिनमा पाहुना आएको भन्ने गरिन्छ । अनि पाहुनालाई केहि खानेकुरा जस्तै रक्सी, जाँड, मासु भात, खुवाएर आदर सम्मानका साथ मात्रै बिदा गर्ने गरिन्छ । यमोसाको दिनमा पाहुनाहरुलाई पितृगणको रुपमा हेर्ने चलन छ । यस्तै खानपिन दिनभरी चलिरहन्छ । यता गाउँका सम्पूर्ण मानिसहरु एकैठाउँमा भेलाभई पिङ खेली रमाईलो गर्ने गरिन्छ । पहिले पहिले एउँटै ठूलो रुखमा पाँच छ ओटा पिङ हाली खल्ने गरिन्थ्यो । अनि केटाहरु साँझ पख गाउँको चोकमा गई सिरु घाँसले बाटेको डोरी म्वाढ्हा गाड्छन अनि बलिया बलिया मानिसहरुले त्यस्लाई उखाल्न कोसिस गर्ने गर्दछन् । साँझ पख स–साना केटाकेटीहरु ग्रुप ग्रुपमा मिलेर सम्पूर्णको घर घरमा गई यमोसा खाने चलन छ । प्रत्यको घरमा धेरै किसीमको परम्परागत गीतहरु गाएर यमोसा खाने गर्दछन् । उनीहरुले गाउने थारु गीतहरुका केही अंश यसप्रकारका छन् ः

गीत नं. १ डौली डौली मोदवा देले दबकाई
मोदहर्नीक मोदवा घुघल बाजे
बौरी बौरी मोदवा देले निसकाई

गीत नं. २ भन्साक लकर–तकर मजीघर छमाकरी,
कते गेल मैनामोती भात रचे याउरी, भात रचे याउरी

गीत नं. ३ पाता परैय गेल, भात परैय गेल,
दाली परैय गेल, मासु परैय गेल,
यौर परल गजमोती जेवहुँ सभरे,
गोतियवा–गोतिनिया मन चितलाई

तर अब ती गीतहरु, ती म्वाढ्हा र पिङहरु, पितरी र पिलपित्रायनहरु, ती पाहुना पहुनी र हरुसबै सबै लोप हुँदै गईरहेको थारु कल्याणकारिणी चितवनका सभापति ललित कुमार चौधरीले बताए । पछिल्लो समयमा यस्ता परम्परागत गीतहरु हराउदै गएको हुनाले आगामी दिनहरुमा यसको संरक्षण गर्न आवश्यक देखिएको उनको भनाई छ ।

हाम्रो देशको सन्दर्भमा सर्वस्वीकार्य र सर्वमान्य तथ्य कुरा के हो भने नेपाल एक बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक मुलुक हो । दर्जनभन्दा बढी धर्म, सयभन्दा बढी भाषाभाषी र जातजाति तथा त्यसभन्दा पनि कैयौं बढी रितिरिवाज, परम्परा, चालचलन, संस्कार तथा संस्कृतिहरु नेपालको गौरव र गरिमामय चिनारी हुन् । जातीय विविधता तथा सांस्कृतिक विविधता हामी सम्पूर्ण नेपाल र नेपालीको राष्ट्रिय पहिचान हो । त्यसकारण सबै किसिमका संस्कृतिहरु समान रुपमा हुर्कने र मौलाउने वातावरण देशमा हुन सकेको खण्डमा सयौं थुँगा फूलका हामी एउटै माला नेपाली राष्ट्रगानको औचित्य हुनसक्छ । त्यसैले हाम्रा सबै किसिमका संस्कृतिहरुलाई एउटै प्लेटमा सजाएर सलाद संस्कृति को रुपमा विकास गर्नुपर्छ ।

जसरी सलादमा विभिन्न प्रकारका फलफूल लगायत गाजर, मूला, काक्रो इत्यादी एउटै प्लेटमा पस्केर हरेक टुक्रा सलादको फरक स्वाद लिन पाइन्छ, त्यसैगरी एउटै स्थानमा थुप्रै किसिमका संस्कृतिहरुको विकास भएमा फरक फरक सांस्कृतिक स्वाद लिन र पस्किन पाइन्छ । तर यहाँ एकात्मवादी, महेन्द्रवादी तथा यथास्थितिवादी सोंच र चिन्तन बोकेका केही सघंसंस्था वा निकायका प्रमुख, शासक, प्रशासक तथा व्यक्तिहरुले अझै पनि एउटै भाषा, एउटै धर्म र एउटै संस्कृतिको जालो बुनीरहेका छन् । थारु समुदायमा स्वतन्त्र रुपमा हुर्कने र मौलाउने वातावरणको अभावमा लोपोन्मुख अवस्थामा रहेको एउटा अमूल्य सांस्कृतिक पर्व यमोसा अर्थात् पितृऔंसी पनि हो ।

Chitwan Aaja चितवन आज
शनिबार, असोज २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
बागमतीबाट १७ खेलाडी काष्ठमाण्डप करातेका लागि छनौट
चितवनमा सितोरियो सोवुकान कराते दिक्षान्त कार्यक्रम सुरु

ताजा समाचार

सबै

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

बागमतीबाट १७ खेलाडी काष्ठमाण्डप करातेका लागि छनौट

चितवनमा सितोरियो सोवुकान कराते दिक्षान्त कार्यक्रम सुरु

लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

भरतपुर महानगरको नयाँ प्रशासकीय भवनको उद्घाटन, भवन नबन्दै उद्घाटन गरिएको भन्दै विरोध

निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

२१ फागुनमै चुनाव हुन्छ, मैले टिकट बाँड्न सुरु गरिसकें : प्रचण्ड

निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने कार्यवाहक सभापतिको चेतावनी

एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा, काठमाडौँबाट चुनाव लड्ने संकेत

रवि विरूद्धको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्चमा रिट पेस

शेखर कोइरालाले निर्वाचन आयोगमा भने, गगनसँग जानेहरू चोइटिएर गएका हुन्

देउवा समुहलाई निर्वाचन आयोगले भन्यो,– ‘विधि र पद्धति भन्दा बाहिर गएर निर्णय हुँदैन’

चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ४.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ५.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ६.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.